२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री वास्कोटा लेखा समितिको छलफलमा आएनन्, यस्ता छन् छलफलका बुँदाहरु

२०७६, ८ फाल्गुन बिहीबार ०६:५६

फागुन ८, काठमाडौँ | संसद्को सार्वजनिक लेखा समितिमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रबीचको छलफलमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा उपस्थित छैनन् । लेखा समितिले सेक्युरिटी प्रेस सम्बन्धमा छलफल सुरु गरिसक्दा त्यसको जवाफका लागि मन्त्री वास्कोटा आउनुपर्ने तर जानकारी समेत नगराई छलफलमा उपस्थित नभएको समितिले जनाएको छ । 

बुधबार सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मा बीच क्युरिटी प्रेस सम्बन्धको कमिसनबारे भएको कुराकानीको अडियो बाहिरिएपछि वास्कोटाले बिभिन्न संचार माध्यमहरुको फोन समेत उठाएका छैनन् । 

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएका छैनन् । समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था भए पनि मन्त्री वास्कोटाले कुनै जानकारी समेत नगराएको लेखा समितिले जनाएको छ । 

लेखा समितिले बिहीबार विभिन्न ८ बुँदामा केन्द्रित रहेर छलफल गर्दैछ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा समितिले बिभिन्न प्रश्नहरु खडा गरि छलफलमा राख्ने गरि लेखा समितिले तयारी गरेको छ । 

समितिले सेक्युरिटी प्रेस सम्बन्धमा छलफलका बुँदाहरुमा जि२जि प्रस्तावनामा प्रतिष्पर्धा किन भएन ? लागत अनुमान यथार्थ किन भएन ? पोल्याण्डको सरकारी कम्पनीले प्रधानमन्त्रीलाई लेखेको पत्रको वेवास्ता किन गरियो ? स्वीस कम्पनी KBA NotaSis को प्रस्तावको वेवास्ता किन भयो ? अन्य बिभिन्न कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता किन ? सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रीपरिषदको निर्णयमा थुप्रै अस्पष्टता किन ? प्रस्तावित कम्पनीहरुको अनुभवमा कमी देखिदादेखिदै पनि किन तिनै कम्पनी छानिए ? संकट समाधान, समन्वय र मितव्ययीता किन भएन ? लगायतका बिषयहरु रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु