२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री बाँस्कोटा भन्छन्,‘आरोप आफैंमा ठूलो कुरो होइन,आरोप दिनदिनै लाग्छ’

२०७६, ८ फाल्गुन बिहीबार ०७:४१

फागुन ८, कंचनपुर | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् | ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,’ बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। ‘आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ,’ उनले भने, ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।’मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा एक स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसन मागेको भन्दै बुधबार एउटा अडिओ टेप सार्वजनिक भएको थियो। टेप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राजनीतिक दलहरूले मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले टेपबारे बुझ्न मन्त्री बाँस्कोटालाई दिउँसो बालुवाटारमा डाकेका छन् |-रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु