१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री बाँस्कोटा भन्छन्,‘आरोप आफैंमा ठूलो कुरो होइन,आरोप दिनदिनै लाग्छ’

८ फाल्गुन २०७६, बिहीबार ०७:४१

फागुन ८, कंचनपुर | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् | ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,’ बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। ‘आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ,’ उनले भने, ‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।’मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा एक स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसन मागेको भन्दै बुधबार एउटा अडिओ टेप सार्वजनिक भएको थियो। टेप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राजनीतिक दलहरूले मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले टेपबारे बुझ्न मन्त्री बाँस्कोटालाई दिउँसो बालुवाटारमा डाकेका छन् |-रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण