१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँस्कोटा कमिसन काण्ड:समितिको निर्देशनपछि अडियो सार्वजनिक गर्ने मिश्रलाई प्रहरीले खोज्दै

८ फाल्गुन २०७६, बिहीबार १२:१४

फागुन ८, काठमाडौं | सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी साइबर क्राइम ब्युरोलाई पत्राचार गरिसकेको छ |

मन्त्री बास्कोटा अडियो प्रकरण:स्वीस दूतावासले निकाल्यो यस्तो विज्ञप्ति

लेखा समितिमा छलफलका क्रममा रहेको विषयसँग जोडी सामाजिक संजालमा अनर्गल प्रचार गरेको तथा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै छानबिन गरी कारबाही गर्न पत्र पठाएको हो | उनी संचारमन्त्री गोकुल बाँस्कोटासंगको कमिसनमागेको अडियोमा कुराकानी गरिरहेका व्यक्ति पनि हुन् |

सञ्चारमन्त्री गोकुल बास्कोटाले अश्लिल शब्द बोल्दै ७० करोड कमिसन मागेको अडियो सार्वजनिक (अडियो सहित )

उनले बिहीबार बिहान सामाजिक संजालमार्फत लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियालाई बिहीबार अनुमोदन गर्न लागेकोले बाध्य भएर आफूले अडियो सार्वजनिक गरेको बताएका छन् | लेखा समितिका सांसदहरुको फोटो फेसबुकमा राख्दै उनीहरु कमिसन काण्डमा मुछिएका व्यक्ति भएको लेखेका कारण अर्का एक व्यक्ति प्रभात किशोर उपाध्यायलाई पनि छानबिन र कारबाहीका लागि लेखा समितिले क्राइम ब्युरोलाई लिखित पत्र पठाएको छ |

सांसदहरूले पनि सामाजिक संजालमा आफ्नो चरित्र हत्या गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग राखेपछि लेखा समितिले उक्त  निर्णय गरेको हो |

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ: बाँस्कोटा

बाँस्कोटा काण्डमा प्रधानमन्त्री ओलीले मुख खोले




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण