२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको चर्को आलोचना बढेपछि ओली-प्रचण्ड छलफलमा

२०७६, १२ फाल्गुन सोमबार ०५:३१

फागुन १२, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको जताततै तिब्र आलोचना बढेपछि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ | यतिबेला सामाजिक सन्जालमा संविधान संशोधन, एमसीसी, गोकुल बाँस्कोटा प्रकरण र प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक प्रकरणबारे सरकार र नेकपाको चर्को आलोचना भइरहेको छ |

समसामयिक बिषयमा दुई अध्यक्षबिच छलफल भएइरहेको  प्रधानमन्त्री सचिवालयले जनाएको छ | निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटले सेक्युरिटी प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीपदबाट राजिनामा दिएका थिए |

बाँस्कोटा र प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा समेत आइतबार उजुरी परेको छ | त्यस्तै शनिबार बसको सचिवालय बैठकले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ |

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने र राष्ट्रियसभा सदस्य संख्या समेत बढाउने गरी संविधान संशोधन गर्न नेकपाले माधव कुमार नेपालको संयोजकत्वमा तिन सदस्यीय कार्यदल गठन गरेको छ | आइतबार मात्रै प्रधानमन्त्री ओलीले आफ्नो पुर्ख्यौली घरमा मनाएको जन्मोत्सव पनि निकै विवादित बनेको छ | जन्मोत्सव मनाउने क्रममा नेपालको नक्सा आकारको केक काटेपछि उनीप्रतिको राष्ट्रियता प्रस्ट भएको भन्दै विरोध भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु