Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुर्वमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहितको टोली पैदल हिडेर २० दिनमा नवलपरासी पुग्यो

२०७६, १६ फाल्गुन शुक्रबार १५:३५

फागुन १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले पैदल हिडेर मेची-महाकाली यात्रा तय गरेको आज २० दिन पुरा भएको छ । २० दिनको पैदल यात्राको क्रममा रहेको माओवादी केन्द्रको नेताहरुको टोली अहिले नवलपरासी जिल्लाको सडक छेउ-छेउ हिडिरहेको छ । 

बिहिबार बेलुका माओवादी केन्द्रको टोली नवलपरासीको मध्यबिन्दु आईपुगेको थियो । मेची-महाकाली कुल लम्बाई १०२४ रहेकोमा मध्येविन्दुले पुर्वमा ५१२ किलोमिटर  र पश्चिममा ५१२ किलोमिटर छुट्याउँछ । यसको मतलब माओवादी केन्द्रको मेची-महाकाली यात्राले २० दिनमा आधा यात्रा पुरा गरि बाँकी यात्राको क्रममा रहेको छ । माओवादी केन्द्रको प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेश कमिटिले क्रमश: आ-आफ्नो प्रदेशमा पैदल यात्रा गर्दै मेची-महाकालीको १०२४ किलोमिटर यात्राको क्रममा रहेका पुर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले बताएका छन् । किरातीलाई मेची-महाकाली यात्रामा पार्टीका अन्य चार जना नेताहरु प्रदेश १ नम्बर अध्यक्ष बिमल निरौला, पहिचान मोर्चाको संयोजक तथा किराती राष्ट्रिय मुक्ती मोर्चाका अध्यक्ष साहस राई, प्रदेश ३ उपाध्यक्ष प्रकाश दाहाल र सुकुम्बासी संघका अध्यक्ष कुमार बान्तवाले मेचीदेखिनै पैदल हिडेर सहयोग गरिरहेका छन् । 

माथिको तश्वीरमा: माओवादी केन्द्रका अध्यक्ष किराती सहितको टोलीलाई गण्डकी प्रदेशमा स्वागत हुँदै ।

माओवादी केन्द्रले माघ २६ गते यात्रा थालनी गरेको थियो । यात्राका क्रममा रहेका माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले देश र जनताका लागि जस्तोसुकै चुनौती सामना गर्न सक्ने सच्चा देशभक्त पार्टीको रुपमा माओवादी केन्द्र अझै पनि सक्रिय रहेको भन्दै यसले सिङ्गो देशलाई नेतृत्व गर्न सक्ने विश्वास जगाउन मेची-महाकालीको पैदल यात्रा गरिरहेको बताएका छन् । अध्यक्ष किरातीले आफूहरुको यात्रा कष्टकर भएपनि पैदल यात्राको क्रममा जनताको साथ र समर्थनले यात्रामा थप हौशला मिलेको भन्दै परिआए पुर्वमा टिष्टादेखि पश्चिममा कांगडासम्मको यात्रा गर्ने संकल्प आफ्नो पार्टीमा रहेको बताए । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै अध्यक्ष किरातीले यो सरकारको भण्डाफोर गर्नको लागि पनि आफ्नो पार्टीले मेची-महाकाली अभियान गरेको बताएका छन् । 


माओवादी केन्द्रको पैदल यात्राको क्रममा १५ बुँदे माग सहित 'लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित नेपाली भूमी फिर्ताको राष्ट्रिय सहमति कार्यान्वयन गर्न देशभक्त जनप्रतिरोध संघर्ष बढाऔं' भन्ने नारामा प्रचार सामग्री जनता माझ बाड्दै चैत २४ गते काठमाडौँमा बृहत भेला आव्हान समेत गरेको छ । 


माओवादी केन्द्रले पैदल यात्राको क्रममा बागमती प्रदेशमा बाडेको पर्चा यस्तो छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ