फागुन १९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन् |
मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले सोमबार ट्विटरमार्फत स्वास्थ्य लाभको कामना दिएका हुन् | ओलीलाई भगवान पशुपतिनाथले सधै स्वस्थ्य रहन प्रेरणा मिलोस भन्दै उनले नेपाल–भारत बीचको सम्बन्ध थप उचाइमा पुगोस् भन्ने कामना गरेका छन् |
प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिने भएको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!