२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले चयन गरे ७ विभागीय प्रमुख,कुन विभागको जिम्मेवारी कसलाई ?

२०७६, १९ फाल्गुन सोमबार ०९:५७

फागुन १९, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले  केन्द्रीय विभाग गठन गरेका छन् छन् | देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका बिच कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७  केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन्  |

विभागको जिम्मेवारी सबै केन्द्रीय समितिमा रहेका नेताहरुले पाएका छन् | नपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिइएको छ भने अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेदवारी दिइएको छ |

यस्तै ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग,  मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र  हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिइएको छ |

यसअघि शनिबार देउवाले विभिन्न १३ वटा विभाग गठन गरेका थिए | काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भएपनि देउवाले अर्को महाधिवेशनको मिति तोकेपछि विभागलाई पूर्णता दिएका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु