2026-07-09 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्री भन्छन्,’अब सरकारले क्वारेन्टाइनमा राख्न सक्दैन’

2020-03-10

फागुन २७, काठमाडौँ | कुनै व्यक्तिमा कोरोनाभाइरस(कोभिड-१९)को आशंका देखिएमा आफैले क्वारेन्टाइनमा बस्नु पर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् | 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवासंघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजस्तै अब सरकारले राख्न नसकिने स्पस्ट पारेका हुन् | 'क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने,भन्ने कुरा नगरौं' उनले भने,'अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ |'

डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो' सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने उनले बताए |सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने उनको भनाई छ |

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँने र त्यसको १४ दिनपछि नेपालमा क्वारेन्टाइन बसेपछि मात्र सामाजिक जीवन पाउने मन्त्री ढकालले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो