२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँस्कोटाको घरमा गराइएको बम बिस्फोटको भत्सना गर्दछु:प्रचण्ड

२०७६, २८ फाल्गुन बुधबार ०६:४०

फागुन २८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम बिस्फोटप्रति पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भत्सना गरेका छन् | बुधबार बिहान ७:५० बजे भक्तपुरको मध्यपुर नगरपालिका -१ लोकन्थली स्थित बाँस्कोटा निजि निवासमा प्रेसर कुकर बम बिस्फोट भएको थियो |

बुधबार नै प्रचण्डले एक प्रेस वक्तव्य जारी गर्दै घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानुनि कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् | 'म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्सना गर्दछु', वक्तव्यमा भनिएको छ,'घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु |'

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ७ गते मन्त्री पदबाट राजिनामा दिएका थिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु