Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना प्रभावित देशमा रहेका नेपाली अप्रिल १५ सम्म घर आउन नपाउने,यस्ता छन् सरकारका निर्णयहरु

२०७६, ५ चैत्र बुधबार १२:०९

चैत ५, काठमाडौँ | विश्वव्यापी रुपामा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) बाट बच्नका लागि सरकारले गरेका निर्णयहरु सार्वजनिक गरेको छ | बुधबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्य समितिले गरेका निर्णयहरु सार्वजनिक गरिएको हो |

सरकारले कोरोनाभाइरस संक्रमणभइ उपचार गर्नुपरेमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयले तोकेको सरकारी,सामुदायिक तथा निजि अस्पतालहरुबाट उपचार गराउने व्यवस्था गराउने भएको छ |

त्यस्तै सरकारले सिनेमाहल,सांस्कृतिक केन्द्रहरु,रंगशाला,खेलस्थल,जिम,हेल्थ क्लब,म्युजियम,स्विमिङ पुल,मनोरंजल स्थलहरु, डान्सबार तथा क्लबहरुलाई अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ | 

सो कुरा भए, नभएको हेर्नका लागि गृह मन्त्रालय,सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालय,सूचना प्रविधि तथा संचार मन्त्रालयले अनुगमन गर्ने छन् | सरकारले आवश्यक कामबाहेक आवत-जावत,हिड्डुल नगर्न सुझाव दिएको छ | सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढीको भेला नगर्न सुझाव दिएको छ | सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायीहरुलाई भनेको छ |

सरकारले कोरोना प्रभावित सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको छ | ति मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको हो |

उक्त निर्णयको दश नम्बर बुंदामा भनिएको छ,‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ 

|त्यस्तै समितिले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ | भोलीबाट संचालन हुने एसइई परिक्षा भने नरोकिने बताइएको छ | समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गर्न समेत निर्देशन दिएको छ | 

यस्ता छन सरकारका १५ निर्णयहरु हेर्नुहोस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ