साउन २, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रव"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउँछ: केसी

२ श्रावण २०७३, आईतवार ०५:०१


साउन २, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई एमालेले देशी विदेशी शक्तिको ईशारामा बनेको भनेर निराधार आरोप लगाएको बताए ।


आईतबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हिजो माओवादीले सरकार बनाउ एमालेलाई सहयोग गर्दा एकदमै राम्रो भयो, आज सरकारबाट बाहिरिँदैमा दक्षिणको वा उत्तरको प्रभाव पर्यो भन्ने कुरा गलत हुन् ।’


नेता केसीले प्रचण्डको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने काँग्रेसले विश्वास लिएरै नै नेकपा माओवादीसँग सहमति गरेको दाबी गरे । उनले एक दलले अर्को दलको विरुद्धमा दोषारोपण गरेर समय खेर फाल्न नहुने तर्क गरे । राजनीतिक दलहरुवीच तित्तता रहेपनि संविधान कार्यान्वयन र पूर्ननिर्माणको लागि मिलेरै अघि बढ्नुपर्ने उनको भनाई थियो ।


नयाँ सरकार बन्न कुनै संवैधानिक जटिलता नभएको स्पष्ट पार्दै भने,‘नयाँ सरकार २९८ को धारा बमोजिम नै बन्छ, यसमा कसैले विवाद गर्नु राम्रो हुँदैन् ।’ प्रधानमन्त्री अल्पमतमा परिसकेको दावी गर्दै उनले भने,‘लोकतान्त्रिक विधि र प्रक्रियालाई सबैले आत्मसात गर्नुपर्छ ।’ यद्धपी प्रधानमन्त्रीले संवैधानिक विशेषाधिकारको प्रयोग गर्दै संसदमा अविश्वासको प्रस्ताव फेस गर्न सक्ने बताए ।


प्रधानमन्त्रीले संसद नै विघटन गर्ने हल्ला छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘त्यो प्रयास नै उपहास हुनेछ ।’ उनले अविश्वासको प्रस्ताववारे प्रक्रिया द्रुत गतिमा चले अबको दुई साताभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ