साउन २, काठमाडौं । प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साउन २, काठमाडौं । प्रधान"/>
२ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

कुर्सि छोड्न प्रधानमन्त्रीको अटेर, कानुनी परामर्श लिँदै

२ श्रावण २०७३, आईतवार ०८:०४

साउन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा एक्लै छाडेर बाहिरिएको माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गर्दै गर्दा उता प्रधानमन्त्री ओली कसरी  पाएको कुर्सि जोगाउने भन्नेमा दौडधुप गर्दैछन । 
यसै क्रममा आज ओलीले सरकार विरुद्ध संसदमा प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यसपछि नयाँ सरकार गठनका सन्दर्भमा संवैधानिक जटिलताबारे विज्ञहरुसँग परामर्श गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कमल थापा, एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेल लगायत नेताहरु र बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी लगायतका संविधानविदहरु सहभागीसँग छलफल गरेका छन् । 

ओलीद्वारा सरकार टिकाउने दौडमा भएको उक्त छलफलमा महान्यायाधिवक्ता हरि फुँयाल पनि सहभागी छन् । छलफलमा प्रधानमन्त्री ओलीले आफूले सत्ता साझेदार दलहरुको सुझाव अनुसार नै संसदको सामना गर्ने निर्णय लिएको बताए । साथै उनले संविधान विपरीत जाने आफ्नो कुनै सोच पनि नरहेको जिकिर गरे । 

तश्विर: प्रधानमन्त्री ओलीको ट्विटरबाट | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ