Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लकडाउन’ एक साता थप गरिदै

२०७६, २४ चैत्र सोमबार ०७:३४

रमेश लम्साल/नारायण ढुङ्गाना | चैत २४, काठमाडौँ | सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । 

नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस) लाई विशेष अन्तरवार्ता दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जानकारी दिनुभयो । 

सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो । 

लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । रासससँगको कुराकानीका क्रममा गृहमन्त्री थापाले भन्नुभयो, “लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ । सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ ।” 

उहाँले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ । 

मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो । समग्र अवस्थाको मूल्याङ्कन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिनुभयो । 

कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न सङ्घीय सरकारलाई आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड– १९ को सङ्क्रमण भएको छ । 

यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी  गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताउनुभयो । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उहाँको भनाइ छ । 

यस्तै सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेर आवश्यक साधान तथा स्रोत उपलब्ध गराइएको उल्लेख गर्दै गृहमन्त्री थापाले विपद्को समयमा सुरक्षा निकायको भूमिका थप महत्वपूर्ण हुने बताउनुभयो । 

अस्पतालका लागि चिकित्सक एवं अन्य कर्मचारीको प्रबन्ध भएको, स्वास्थ्य सामग्री तथा उपकरणको समेत प्रबन्ध भएको जानकारी दिँदै उहाँले विपद्को समयमा नागरिकको सुरक्षा र अन्य प्रबन्धका लागिसमेत सुरक्षा निकाय नै अग्रमोर्चामा रहेर काम गर्ने स्पष्ट पार्नुभयो । 

लकडाउनको समयमा अनावश्यक आवागमन रोक्नका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप परिचालन गरिएको उल्लेख गर्दै उहाँले मुलुकभित्र पनि महत्वपूर्ण भूमिकामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक मात्रामा परिचालन गरिएको बताउनुभयो । उहाँले नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनसमेत सुरक्षा निकायले सहयोग गरेकाले लकडाउन उल्लङ्घन नगर्न सबैलाई आग्रह गर्नुभयो । 

“आफ्नो र परिवारको स्वास्थ्यका लागिसमेत सबै नागरिक आफू आफैँमा जिम्मेवार हुनुपर्छ । कुनै अत्यावश्यक सामग्री खरिद तथा अन्य कुनै अत्यावश्यक काम परेको खण्डमा नजिकको सुरक्षाकर्मीको सहयोग लिन म आग्रह गर्दछु”, गृहमन्त्री थापाले भन्नुभयो । 

खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न र सहज आपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका अनुमगन समिति बनाइएको र सो समितिले दैनिक जसो नै प्रतिवेदन दिने गरेको र सोही प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णयसमेत गर्ने गरेको उहाँको भनाइ छ । गृहमन्त्री थापाले लकडाउनको समयमा देशभित्रको समग्र शान्ति सुरक्षाको अवस्थासमेत मजबूत रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ