१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कार्यालयको फेसबुक पेज एकाएक गायव, प्रवक्ता भन्छन्-‘आधिकारिक पेज होइन’

२७ चैत्र २०७६, बिहीबार १४:४८

अनिल अधिकारी | चैत २७, काठमाडौँ | बिहिबार दिउसो एकाएक अनलाइन संचार माध्यमहरुमा एउटा समाचार आयो 'भोली र पर्सी उपत्यकाबाट बाहिर जान पाउने' । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको भन्दै समाचार आएपछि ठूला-साना मिडियाले यसलाई आ-आफ्नो ब्रेकिङ समाचार बनाए । तर लगत्तै डेढ घण्टामै मिडियालाईनै गलत बनाउँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड- १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले उक्त निर्णय नगरेको भन्दै बिज्ञप्ति जारी गर्यो । 

सरकारले विज्ञप्ति जारी गरेपछि बिभिन्न मिडिया र सामाजिक संजालमा प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा राखिएको उक्त निर्णयको स्क्रिन सट भाइरल भयो । त्यसको केहि बेरमै फेसबुकमा उक्त फेसबुक पेज https://www.facebook.com/OPMCMNP नै गायब छ ।


प्रधानमन्त्री कार्यालयको भनिएको उक्त फेसबुक पेज एकाएक हटेपछि त्यसले झनै शंका थपिदिएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज भनिएको उक्त फेसबुक 'भेरिफाइड' ब्याज पाएको फेसबुक पेज हो । जसलाई फेसबुकले आधिकारिकता समेत दिएको देखिन्छ । त्यसै पेजमा अपडेट भएको 'भोली र पर्सी उपत्यकाबाट बाहिर जान पाउने' भन्ने सूचनाको आधारलाई स्रोत बनाएर पनि कयौंले सामाजिक संजालमा पोष्ट गरेका थिए । 

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुकबाट लिक भएको उक्त निर्णय तथा अन्य स्रोतलाई समेत आधार बनाई संचार माध्यमहरुले समेत समाचार लेखेपनि सरकार आफैले विज्ञप्ति जारी गर्दै निर्णयनै नभएको भन्दै विज्ञप्ति जारी गरेको छ । जसले आमसंचार माध्यमलाईनै गलत बनाउने काम गरेको भन्दै संचार माध्यममा कार्यरत संचारकर्मीहरुले आक्रोश पोखेका छन् । 

यतिबेला सामाजिक संजालमा नेपाली संचारमाध्यममाथि टिका-टिप्पणी भईरहेका छन् । कतिपयले संचारमाध्यमको बिश्वासमाथि नै आशंका व्यक्त गरेका छन् । 

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमै उल्लेख थियो – 'लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोली र पर्सी काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।' 

त्यसको केहि समय पछि सोहि स्टाटसलाई इडिट गरि 'अपडेट' उल्लेख गर्दै नयाँ कुरा लेखियो – 'स्थानिय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।' 

तर अहिले उक्त स्टाटस वा उक्त कुरा पोष्ट गर्ने फेसबुक पेजनै गायव छ । 

'पेज आधिकारिक होइन' – प्रवक्ता पौडेल

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सहसचिव एवं प्रवक्ता राजेन्द्र प्रसाद पौडेलले उक्त फेसबुक पेज कार्यलयको आधिकारिक नभएको साझा सबाललाई बताए । "अहिले कोरोना भाइरसको सन्दर्भमा फेसबुक पेज बनाइएको भए प्राविधिक शाखामा बुझ्नुपर्छ तर कार्यालयको आधिकारिक पेज बनाइएको मलाई थाहा छैन" प्रवक्ता पौडेलले भने । 

कार्यलयको आधिकारिक फेसबुक पेज नभए पेज बनाएर गलत सूचना दिनेलाई कारवाही हुन्छ भन्ने प्रश्नमा उनले भने "पहिले के रहेछ बुझौं, साथीहरुसँग सोधौं, यो अफिस समय भित्र भएको विषय होइन ।" फेसबुक पेजमा राखिएको उक्त सूचना हाल हटाइएको बारे उनले भने "आधिकारिक पेज होइन भन्ने छ, मलाई पनि बाहिरबाट सोधियो, खोजी खबर गर्दा आधिकारिक पेज होइन भन्ने नै छ के रहेछ भोलि बुझौंला।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण