२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना नियन्त्रणबारे मुख्यमन्त्रीद्वारा निरन्तर भिडियो संवाद

२०७६, २८ चैत्र शुक्रबार १५:३०

चैत २८, रुपन्देही | कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ । 

आजको भिडियो संवादमा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी, रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट र नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा सहभागी हुनुभयो ।

मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिनुभयो । पालिका प्रमुखहरुले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बसेका नागरिकको अवस्थाबारे जानकारी गराउनुभएको थियो । दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन उहाँहरुले मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा राहत कोष बनाई व्यवस्थित गर्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्नलगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने बताउँदै उहाँले पालिकाले व्यवस्थापन गर्न अप्ठ्यारो भएमा आवश्यक सहयोग प्रदेशले गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसियुसहितको उपचारको व्यवस्था रहेको जानकारी गराउनुभयो । उहाँले भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा छिट्टै प्रयोगशाला परीक्षण हुने बताउनुभयो । त्यसैगरी ¥यापिड टेष्ट शुरु गरिएको र क्वारेन्टाइनमा बसेकाको ¥यापिड टेष्ट गरिने, ज्वरो आएका र आइसोलेसनमा रहेकाको स्वाब परीक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या बढाइएको र सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको बताउँदै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

अहिले खेती स्याहार्ने र लगाउने बेला भएकाले सामाजिक दूरी कायम गर्ने गरी खेती स्याहार्ने र लगाउने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्यमन्त्री पोखरेलले पालिका प्रमुखलाई आग्रह गर्नुभयो ।

दाताले सिधै राहत वितरण गर्न थालेको र यसले समस्या ल्याउने भन्दै मुख्यमन्त्रीले रोक लगाउन निर्देशन दिनुभयो । राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडामार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने उहाँको भनाइ थियो । 

पालिका प्रमुखहरुले लकडाउनको समयसीमा अझै  बढाउन र कडाइ गर्न पनि आवश्यक रहेको मुख्यमन्त्रीलाई सुझाव दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्रीले गर्नुभएको यो छैटौँ भिडियो संवाद हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा