१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश कोषमा रु ११ करोडभन्दा बढी रकम, जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

२८ चैत्र २०७६, शुक्रबार १५:५५

चैत २८, बुटवल | प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कोषमा बुटवलस्थित साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रु २५ लाख ५० हजार जम्मा गरेको छ । त्यसैगरी भाटभटेनी सुपरमार्केटले पनि रु २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले रु १०­ १० लाख जम्मा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिनुभएको छ । 

त्यसैगरी सिटिजन बैंक रु सात लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बीमा संस्थानले रु पाँच÷पाँच लाख जम्मा गरेका छन् । यसैगरी उक्त कोषमा गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले रु चार। चार लाख जम्मा गरेका छन् । 

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु तीन लाख ९६ हजार ९७, क्रिमसन कलेजले रु दुई लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिले रु दुई लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले रु दुई लाख २२ हजार २२२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रु दुई लाख ५० हजार, सामूहिक वचत तथा ऋण सहकारी सस्थाले रु दुई लाख रकम जम्मा गरेको प्रेस सल्लाहकार केसीले जानकारी दिनुभयो । 

त्यसैगरी व्यक्तिगतरुपमा बुटवल–११ निवासी शेरबहादुर गुरुङबाट रु एक लाख पाँच हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट रु एक लाख, लीलामणि पौडेलबाट रु ५० हजार र कृष्णबहादुर केसीबाट रु ४० हजार ५५५ जम्मा भएको छ ।

जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

यस्तै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत लिने छ महिनाको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवल उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । बुटवलको राहत कोषमा यसअघि रु ५० लाख जम्मा भइसकेको छ ।

उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलब्ध हुँदै आएको छ । सोहीबापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरको हालै बसेको सङ्कटकालीन (आपत्काल) व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ताबापतको रु एक लाख ४२ हजार हुन आउँछ ।

यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीले पनि पारिश्रमिकको केही ंहिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका ३०६ कर्मचारीले एकमुष्ट रु ११ लाख दुई हजार ९३७ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो । विभिन्न सङ्घसंस्था र नागरिक अगुवाले समेत उक्त कोषमा करिब रु १० लाख जम्मा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण