2026-07-09 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानबाट युएनमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

वैशाख ३, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपालीहरुले स्वदेश फिर्ता हुन आग्रह गरिरहेको बेला लकडाउन पछि पहिलो पटक अफगानिस्तानबाट नेपालीहरु नेपाल फर्कन पाउने भएका हुन् । 

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्‍याएर ल्याउने बैठकले निर्णय गरेको छ ।’

अफगानस्तानमा कार्यरत यूएन मिसनअन्तर्गतका १८ जना नेपालीले स्वदेश फर्किनका लागि यूएनसँग आग्रह गरेका थिए । उनीहको आग्रहअनुसार यूएनले नेपाल सरकारलाई अनुमति मागेको थियो ।

नेपाल सरकारले उनीहरुलाई आउन अनुमति दिएपछि यूएनले काबुलबाट कुनै मुलुकमा ट्रान्जिट नगरी सिधै काठमाडौं आफ्नै प्लेनमा ल्याइदिनेछ । उनीहरुलाई नेपाल फर्केपछि सरकारको नियमअनुसार क्‍वारेन्टाइनमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो