१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

९ बैशाख २०७७, मंगलवार १३:०४

वैशाख ९, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भन्नुभयो, “राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढङ्गले काम कारवाही अघि बढाउनुहोस् ।”

मुलुक कोरोना विरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए हामीले यो लडाइँ जित्ने बताउनुभयो । उहाँले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत अनुरोध गर्नुभयो । “सबै प्रदेशको आ–आफ्नै विशेषता छ, त्यसलाई मनन गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्”, गृहमन्त्री थापाले प्रदेश प्रमुख भएर जाने प्रहरी अधिकृतलाई निर्देशन दिँदै भन्नुभयो ।

गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डिआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सुरक्षाकर्मीको सानो गल्तीको बढाई चढाई हुने गरेको उल्लेख गर्दै विशेष चनाखो रहन आग्रह गर्नुभयो । नेपाल सरकार, गृहमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाई डिआइजीमा बढुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले सबै डिआइजीको पदस्थापनसमेत गरिसकेको छ ।  

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।  

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण