११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी छ’

१३ बैशाख २०७७, शनिबार १५:४४

वैशाख १३, काठमाडौँ | नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ । 

काँग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत विदेशमा रहेका नेपालीबारे काँग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटकपटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गर्नुभएको छ । 

हालसम्म विश्वभर करिब एक हजार २०० भन्दाबढी नेपाली कोरोनाबाट सङ्क्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उहाँले नेपालीलाई सङ्क्रमणबाट जोगाउने र सङ्क्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन सङ्गठित पहल जरुरी रहेको बताउनुभएको छ । काँग्रेसले सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ । 

“रोजगारी गुमाएका या रोजगारी खतरामा परेका विदेशका नेपालीबारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ । केही मुलुकले विदेशी श्रमिक फर्काउने घोषणा गरिसकेका सन्दर्भमा त्यस्ता देशमा रहेका नेपालीका सम्बन्धमा नेपालले आफ्नो धारणा बनाई उद्धार र तत्पश्चात्को आवश्यक बन्दोबस्तमा लाग्नुपर्ने काँग्रेसको सुझाव छ । 

प्रवक्ता शर्माले कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका या फर्काउनुपर्ने स्थिति बनेका नेपालीका सम्बन्धमा आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धार कार्यदल निर्माण गरी हरसम्भव व्यावहारिक प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभएको छ । यसैगरी महाकाली पारी धार्चुलामा रहेका नेपाली नागरिक तथा भारतका विभिन्न शहरबाट आएर नेपालको सीमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थितरुपले प्रवेश गराएर तीनै तहका सरकारको आपसी समन्वयमा क्वारेन्टाइनमा राख्नुपर्ने सरकारको कर्तव्य भएको काँग्रेसले जनाएको छ । 

उहाँले भन्नुभएको छ, “विदेशमा रहेका विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तीर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर सरकारले उच्च आत्मीयता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्नै पर्दछ ।” साथै सरकारले कोरोनाको जोखिम सामना गर्न स्वदेशमा रहेका साना–ठूला व्यवसायीलाई व्यावसायिक सहजताको प्याकेज निर्माण गर्न जरुरी रहेको र विदेशमा रहेका नेपाली व्यवसायीका सन्दर्भमा पनि मुलुक र व्यक्तिगत परिस्थिति हेरी आवश्यक उच्चस्तरीय पहल र अभिभावकत्व अनुभूति गराउन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रवक्ता शर्माले कोरोनासँगको आजको सङ्घर्ष एवं यो सङ्घर्षपछिको नेपालका लागि स्वदेश र विदेशका सबै वौद्धिक मस्तिष्कले तत्कालीन र दीर्घकालीन पुनःउत्थान गर्न आवश्यक बहस र संवाद प्रारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाँले विदेशमा रहेका पार्टीका नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई थप एकता र गतिका साथ तत्कालीन र दीर्घकालीन प्रश्नमा आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा