-आजभोली के मा व्यस्त हुनुहुन्छ ?

<"/> Sajhasabal -आजभोली के मा व्यस्त हुनुहुन्छ ?

<"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेशको नामाकरण ऐतिहाँसिक पहिचाहनको आधारमा गरियोस: अध्यक्ष कलिराम घर्तिमगर

३ श्रावण २०७३, सोमबार २३:४६

मगर संघ सल्यानको पृष्ठभुमी, स्थापनाकाल देखीको आरोहअबरोह लगायत मगर बिद्यार्थि संघ लगायत समासामायिक बिषयमा मगर संघ सल्यानका अध्यक्ष कलिराम घर्ति मगरसंग आशिष के.सीले गरेको कुराकानी  ।

-आजभोली के मा व्यस्त हुनुहुन्छ ?

आजभोली म प्राय मगर संघ कै कार्यक्रम र व्यापार व्यवसाय सँगै सामाजिक कार्यक्रममा व्यस्त छु । 

-लामो समय पछि व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ, व्यापारबाट कत्तिको सन्तुस्ट हुनुहुन्छ ? 

व्यापारबाट सन्तुष्टिनै छु भन्नुपर्ला व्यापार व्यवसाय आफ्नै तरिकाको हुन्छ र स्वतन्त्र पनि भईन्छ व्यापार व्यवसायमा, त्यसैले सन्तुष्टि नै छु भन्ननुपर्ला ।

-तपाई अहिले मगर संघ सल्यानको अध्यक्ष लामो समय प्रवासमा वस्नुभयो प्रवासमा पनि विभिन्न संघ संस्था चलाउनुभयो प्रवास र स्वदेशमा काम गर्दा कत्तिको फरक पाउनु भयो नि ?

यसका लागि धेरै धेरै धन्यवाद आशिष सर तपाईलाई, म लामो समय प्रदेशमा बसे विशेष गरि मेरो बसाई ६ बर्ष मलेसियामा वित्यो र मलेसिया बस्ने क्रममा विभिन्न संघ संस्थाहरुमा आवद्ध पनि भईयो र विभिन्न संघ संस्थामा काम गर्ने क्रममा हाम्रो सल्यान प्रवाश सेवा समाज मलेसियाको अध्यक्ष पदमा पनि पुगेको थिए, सल्यान प्रवास सेवा समाज मार्फत एउटा रेडियो कार्यक्रम प्रदेशिको सम्झना पनि हामिले चलाएका थियौं त्यसको पहिलो प्रस्तोता म नै थिए । 

पछि संयोजक भएर काम गरेको थिए र जिल्ला तथा अप्ठेरोमा परेका सम्पुर्ण प्रवासी नेपाली लाई सहयोग र उद्धार गरेका थियौं र प्रवाशी मगर संघ मलेशियाको सचिव पनि भएको थिय । प्रदेश र घरदेशमा काम गर्दा के कस्तो अनुभव पाउनुभयो भन्ने सवालमा चाँही प्रदेशमा काम गर्दा सम्पूर्ण नेपालीहरुको माया, ममता, सद्भाव हुन्छ त्यहाँ राजनितिकरण हुदैन । एक नेपाली ले अर्को  नेपाली लाई देख्यो भने माया ममताको भावले ओतप्रोत भईन्छ भने विशेष गरि नेपालमा काम गर्दा चाँही हरेक क्षेत्रमा राजनितिक दृष्टिकोणले हेर्ने हरेक क्षेत्रमा राजनितिकरण हुने कारण ले गर्दा नेपालमा चाँही अलि राजनितिकरण बढि हुने भएकोले संघ संस्थामा काम गर्दा अफ्ठ्यारो महसुस हुने रहेछ । तर प्रवाशमा नेपाली आत्मीएता नेपाली सद्भाव ममताले गर्दा एक नेपाली ले अर्काे नेपाली लाई माया गर्ने नेपाली ले  नेपाली देख्ने वित्तिकै कुटुक्कै मन खाने भएकाले प्रवासमा काम गर्र्दा धेरै सजिलो भयो । 


-तपाई मगर संघ सल्यानको अध्यक्ष पदमा निर्वाचित भएपछि मगर संघ सल्यान सक्रिय छ भन्न मिल्छ ?

एकदमै मगर संघ सल्यान सक्रिय छ भन्न मिल्छ किनभने हामिले मगर संघ का गतिविधि गाँउ स्तर देखि जिल्ला स्तर सम्म सक्रिय रुपमा मगर संघ सल्यान अगाडि बढेको छ विभिन्न क्षेत्रमा जस्तो भाषाको क्षेत्रमा जनजागरणको क्षेत्रमा संस्कृतिको क्षेत्रमा लगायत अन्य केन्द्रिय मगर संघको सर्कुलरका आधारमा पनि मगरसंघ सल्यान अगाढि बढेको छ भन्नेमा म विश्वस्त छु ।

-अध्यक्ष ज्यु मगर संघ सल्यानको थोरै ईतिहाँस वताईदिनुहोस न ?

मगर संघ सल्यानको ईतिहाँसको बारेमा सर्वप्रथम त नेपाल मगर संघ जिल्ला समिति सल्यान २०४४ साल चैत्रमा लक्ष्मीपुरको झिरघाटमा स्व.अमर बहादुर श्रीस मगर को अध्यक्षतामा पहिलोचोटि गठन भएको थियो । 

त्यसपछिका दिनहरुमा मगर संघ सल्यानको अग्रज व्यक्तित्व पनि हुन्छ मगर संघ सल्यानलाई निकै योगदान दिने व्यक्ति हुनुहुन्छ स्व. केसर सिं घर्तिमगर उहाँले मगर संघ का गतिविधिहरुलाई उहाँको कार्यकालमा अत्यन्तै तिव्रताका साथ अगाडि बढाउनु भएको थियो भने नेपाल मगर संघको १७ औं राष्ट्रिय सम्मेलन पनि सल्यानमै भएको थियो भने विभिन्न ठाउमा सल्यानी मगरहरुलाई जनजागरण चेतना देखि लिएर हरेक क्षेत्रमा मगर संघको राम्रो अभियान चाल्नु भएको थियो केशर सिं घर्तिमगर को कार्यकालमा । 

त्यसपछी गुरुप्रशाद घर्तिमगरको कार्यकालमा पनि तत्कालीन द्वन्दकालिन समय र विभिन्न अफ्ठेरोका बाबजुत पनि अगाडि बढेकै थियो उहाँले पनि सक्रियताका साथ काम गर्नुभएको थियो । त्यसपछि वेलबहादुर घर्तिमगरको कार्र्यकालमा पनि ठिकै थियो त्यसपछि डिल्ली बहादुर घर्तिमगरको कार्यकालमा पनि आफ्नो सक्रियता देखाएको थियो । अहिले मेरो नेतृत्वमा मगर संघ सल्यान चलिरहेको छ र अहिलेको परिस्थितिमा एकदमै सक्रियताका साथ अगाडि बढेको छ करिब करिब २८-२९ बर्ष भईसकेको छ मगर संघ जिल्ला समिति स्थापना भएको र यो विचमा विभिन्न संघर्षहरु विभिन्न चुनौतिहरुका बाबजुत पनि मगर संघ सल्यान चलिरहेको छ ।

-सल्यानी मगरहरु मगर संघ सल्यानप्रति कत्तिको जानकार छन जस्तो लाग्छ हजुरलाई ?

एकदमै सल्यानी मगर हरुमा अहिले चेतना स्तर वृद्धि भईसकेको छ, सल्यानी मगरहरुले सुरुसुरुका दिनहरुमा नेपाल मगर संघ कुनै पार्टीको भातृ संगठन हो की, कुनै पार्टी द्वारा संचालित छ की, भन्ने एउटा भ्रममा पनि हुनुहुन्थ्यो । 

अहिले आएर सल्यानी मगरहरु नेपालमगर संघ सल्यान अथवा नेपाल मगर संघ भनेको विशुद्ध सामाजिक संस्था हो यो कुनैपनि पार्टीको भातृ संगठन होईन भातृ संगठन नभएर मगरका हकहितको लागि भाषा, धर्म, संस्कृति, भेषभुषा संरक्षणको लागि अगाडि बढेको एउटा विशुद्ध सामाजिक संस्था हो भनेर प्रत्येक सल्यानी मगरहरुले बुझ्नुभएको छ र त्यहि आधारमा मगर संघ सल्यानलाई समर्थन, साथ र हौसला दिनुभएको छ । 

-भनेपछि तपाईहरुले जिल्लाका ३७ ओटा गा.वि.स. र २ नगरमा नगर समिति र गाउँ समिति गठन ग¥यो कि नाई ?

हाम्रो दुईओटा न.पा. मा चाहि नगर समिति भैसकेको छ त्यसैगरि हाम्रो करिव करिव २७ ओटा गा.वि.स.मा आफ्नो गाउँ कार्य समिति गठन गरिसकेको छौं र सल्यानको पश्चिमी वेल्ड तिर हामि व्यस्तताका वावजुत र समय परिस्थिति अनुकुल नपरेर हामि पुग्न सकेका छैनौं हामिले ३७ ओटै गा.वि.स.मा आफ्नो गाउँ कार्य समिति गठन गर्न भ्याएका छैनौं र आगामि दिनमा हामि तत्काल गठन गर्ने छौं ।

-कलिराम जि मगरहरुले त नयाँ संविधान स्विकारेको अवस्था छैन, खासमा मगरहरुले खोजेको संविधान कस्तो हुनुपर्ने हो नी ?

खासगरि हजुरले भनेजस्तै यो नयाँ संविधान २०७२ को बारेमा हामि के भन्छौ भने कम्तिमा जनताको संविधान बन्नुपर्छ भन्ने कुरा हो हामिले  त्यो संविधानको विरोध पनि गरेका थियौं त्यो मस्यौदाको विरोध पनि गरेको थियौं र त्यसमा हाम्रो मुख्य छुटेको कुरा राष्ट्रिय आदिवासी जनजाति आयोग संविधानमा उल्लेख गर्नुपर्ने त्यो कुरा राष्ट्रिय जनजातीको ठाउमा समावेशि आयोग भनेर लेखिएको थियो त्यो कुरा हामिले धेरै आन्दोलन गरिसकेपछि र धेरै सुझाव दिईसकेपछि त्यो आदिवासी जनजाती आयोग भनेर गठन पनि गरिएको छ र अर्को कुरा धर्म निरिपेक्षताको कुरा छ धर्म निरिपेक्षता हुनु पर्दछ किनभने धर्म भनेको व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो जस्ले जुन धर्म पनि मान्न पायो र अर्को कुरा धर्म निरपेक्षताको सवालमा पनि एउटा गलत व्याख्या गरिएको छ । अहिले त्यसको बारेमा पनि हामि असन्तुष्टि छौं अर्काेकुरा समावेसी र समानुपातिक प्रतिनिधित्वको कुरामा पनि असन्तुष्टिनै छौं । संविधान संसोधन होओस र भएन भने पुनरलेखन पनि गरिनुपर्छ भन्ने हाम्रो मान्यता हो किनभने यो संविधानले हरेक तह र तप्का का मान्छेहरु हरेक जातजातीका मान्छेहरु र समग्रमा सम्पूर्ण नेपाली हरुलाई हक र अधिकार स्वायत्तताको बाटोतिर लम्काओस नयाँ संविधानले विभिन्न क्रान्तिहरु, जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई समेटेर साँचिकै जनताको संविधान बनोस प्रदेशको कुरामा पनि ऐतिहाँसिक पहिचाहनको आधारमा प्रदेशको नामाकरण गरियोस भन्ने हाम्रो माग हो । 

-नयाँ संविधान नस्विकारेको अवस्थामा मगर संघका केन्द्रिय नेताहरुले गरिरहेको कामप्रति तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?

एकदमै हामि अहिलेका केन्द्रीय कार्यसमिति प्रति हामि सन्तुष्टि छौं । उहाँहरुले मगर र मगराँतको लागि आन्दोलनमा होमिरहनु भएको छ आफ्ना मौलिक हक अधिकारको लागि र मगराँत स्वायत्त प्रदेशकोलागि केन्द्र स्तरको हाम्रो साथिहरु नेतागनहरु लडिरहनु भएको छ । विभिन्न गाउँ देखि जिल्ला स्तर देखि केन्द्र स्तरका कार्यक्रमहरुलाई सक्रिय पार्नु भएको छ । म हाम्रो केन्दीय कमिटि प्रति आभार प्रकट पनि गर्दछु ।

-तपाई मगर संघ सल्यानको अध्यक्ष पदमा उमेद्वारी दिदै गर्दा र निर्वाचित भईसकेपछि पनि मगर संघ सल्यानको आफ्नै भवन वनाउछु भन्नु भयो के डेड बर्षमा मगर संघ सल्यानको भवन वन्यो त ? 

एकदमै बिडम्बनाको कुरा के छ भने २०४४ सालमा स्थापना भएको मगर संघ सल्यान अहिले सम्मपनि भाडामा पनि अफिस चलाउन नसकेको अवस्था र हरेक गा.वि.स.मा आफ्नो गाउँ कमिटि गठन गर्न नसकेको अवस्थामा अहिले हामिले गाउँ कमिटि गठन गरिरहेका छौं र भाडामा अफिस चलाइरहेका छौं विभिन्न ऐतिहासिक कार्याक्रमहरु गर्नुपर्ने भयो मगर संघ सल्यानको कुनै आर्थिक कोष छैन लाखौ रकम कार्यक्रममा मात्र खर्च भयो हामिलाईकहि कतैबाट आर्थिक सहयोग पनि मिलेको छैन र विशेष गरि भवन को कुरा हामि सल्यानी मगरहरु पहिलो कुरा त आफ्नो भाषा, धर्म, संस्कार, भेषभुषा बाट नै बन्चित छौं र हामि मगर संघ सल्यानको योजना अनुरुप मैले के भनेको थिए भने हामि मगर संघ सल्यानको आफ्नै भवन वनाउछौं । 

तर चाँहि हामि विविध कारण बस आर्थिक समस्याका कारण भवन निर्माण गर्न सकेका छैनौं । हामिलाई भवनको लागि नेपाल मगर संघ मध्यपश्चिम केन्द्रिय उपाध्यक्ष श्री निमबहादुर बुढामगर ले १३ आना जग्गा निःशुल्क प्रदान गरिसक्नु भएको छ र हामिले त्यहि जग्गाको आधारमा विभिन्न निकाय हरुमा विभिन्न संघ संस्था हरुमा आफ्नो भवनकोलागि प्रस्तावना पेश गरिरहेका छौं सम्भवत हामि अब मगर संघ सल्यानको भवनलाई सुरुवात गर्ने क्रममा छौं । मेरै कार्यकालमा भवन चाहि जसरी पनि निर्माण हुन्छ ।

-तपाईको कार्यकाल भन्दा विगतमा फर्केर हेर्दा मगर संघ सल्यान त निष्क्रिय जस्तै रहेछ नी हैन र ?

खासै निष्क्रिय त भन्न नमिल्ला निरन्तरता त पायो तर तत्कालिन समय परिस्थितिका बाबजुत तत्कालिन विग्रीदो राजनितिक अवस्था द्वनदकालिन समय र सुचना संचारको अभावले गर्दाखेरी निष्क्रिय जस्तै थियो । 

-तपाई त संगित साहित्य प्रति पनि रुचि राख्नुहुन्छ खासमा संगित साहित्य प्रति समय कसरि व्यवस्थापन गर्नुहुन्छ  र कहिलेदेखि लाग्नुभयो ?

धन्यवाद प्रश्नकोलागि, साहित्य र संगितको लागि कुरा गनु पर्दा साहित्य भनेको समाजको दर्पन हो, साहित्यले कहि बन्दुक बोक्छ त कहि कलम बोक्छ संगित भनेको कठोर आत्मलाई पनि पगाल्न सक्ने एउटा अनुपम शक्ति हो जस्ले बिरामिलाईपनि निको पार्नेकाम गर्छ त्यो कारणले पनि मानव जीवनमा साहित्य र संगितको अत्यन्तै खाँचो रहेको हुन्छ । 

मानविय जिवन संग सम्वन्धित भावनाहरु साहित्य मार्फत प्रस्तुत गर्न सकिने संगित मार्र्फत चाँहि जिवनका यावत घटनाहरु र मनोरञ्जन देखि लिएर विभिन्न भावुकु कुरालाई उतार्न सकिने भएकाले साहित्य र संगित प्रति रुचि भएको हो । साहित्य र संगितमा कहिलेदेखी लागे भन्दा २०५७ साल देखि नै साहित्य संगित प्रति रुचि राख्दै आएको हु, व्यस्त समयका वावजुत पनि केहि समय मिलायर अहिलेपनि आफ्ना भावनाहरु सृजना गरिरहेको छु । आफ्नो मनभित्र गुम्सिएका भावनाहरु ओकल्ने क्रममा संरचनागत तरिकाले गजल होस चाहे कविता होस त्यसलाई प्रस्तुत गर्दै गर्दा साहित्य र संगितमा प्रवेश गरेको हु ।

-विगतमा गित सँगै गजल, केहि खण्डकाव्यहरु वजारमा ल्याउनुभयो साहित्य र गित संगित भित्रको अवको योजना के छ नी ? 

मैले चाहि २०५९ सालमा वेचिएकि चेली नामक खण्डकाव्य प्रकाशन गरे, २०६० मा लोक दोहोरी गिति एल्वम के छ नि तिम्रो खवर बजारमा ल्याए, लामो समय प्रवासको वसाईमा व्यस्तताका वावजुत पनि २०७० मा प्रवास भुमि मलेशिया मै बेदनाका छालहरु गजल संग्रह प्रकाशनमा ल्याए, अवका दिनमा चाँहि मेरा गजल संग्रहहरु थुप्रै प्रकाशोन्मुख अवस्थामा  छन र पनि मेरो तत्कालको प्रकाशन को उतार्रधमा एउटा उपन्यासलाई बजारमा ल्याउदै छु । 

-तपाई हरेक क्षेत्रमा सक्रिय भएर लाग्नुभएको छ भनेपछि तपाईलाई मगर लगायत सल्यानी जनताले कुन रुपमा चिन्ने ? 

म हुनत साहित्यको क्षेत्रमा, संगितको क्षेत्रमा, समाजसेवाको क्षेत्रमा र आफ्नो व्यापार व्यवसाय लगायत सबै क्षेत्रमा सक्रिय छु । व्यवसाय भनेको जिउनाको लागि संघर्स भनेझै हो व्यवसाय भनेको आफ्नो व्यवहारिक कामकाज र जिउनाको लागि हो र साहित्य संगित भनेको जनतालाई सुशुचित गर्ने माध्यम र आफ्ना मनभित्रमा भावनाहरुलाई ओकल्ने माध्यम हो समाजसेवा भनेको सामाजप्रति उत्तरदायित्व वहन गर्नु हो समाजसेवा विभिन्न ठाउ, तह र तप्काबाट गर्न सकिन्छ र म प्रदेश देखि घरदेश सम्म विगत आठ बर्ष देखि म हरेक क्षेत्रमा क्रियासिल पनि छु । 

सल्यानी दाजुभाई दिदिबहिनी हरुले मलाई जुन रुपले चिनेपनी हुन्छ । साहित्य क्षेत्र, संगित क्षेत्र, समाजसेवि क्षेत्र । उहाँहरुले जुन परिस्थितिमा जस्तो तरिकाले चिनेपनी हुन्छ हेरेपनि हुन्छ । किनभने म सबै क्षेत्रलाई उतिकै माया गर्छु र म गाउँले परिवेशमै आटो ढिडो खाएर हुर्केको मान्छे हु ।

-कलिराम जि तपाईहरुले भर्खरै सल्यानमा नेपाल मगर विद्यार्थी संघ गठन गर्नुभयो ठगन गरे सँगै नेपाल मगर विद्यार्थी संघको व्यापक आलोचना भईरहेको छ भन्ने छ नी ? 

नेपाल मगर विद्यार्थी संघ भनेको नेपाल मगर संघको भातृ संगठन हो । नेपाल मगर विद्यार्थी संघको प्रथम अधिवेशन सल्यानको श्रीनगरमा सम्पन्न भएको छ, यसमा विधिगत र प्रकृयागत रुपमा प्रदिप कुमार घर्तिमगर को अध्यक्षतामा १३ सदस्यि कार्यसमिति गठन भएको छ, यो १३ सदस्यि कार्य समिति नै वैधानिक हो किनभने नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गुरुप्रशाद घर्तिमगरको प्रमुख आथित्यता थियो त्यसपछि नेपाल मगर संघ केन्द्रीय मध्यपश्चिम उपाध्यक्ष निम बहादुर बुढा मगर त्यसैगरि नेपाल मगर विदेयार्थी संघ की केन्द्रीय सदस्य जुनु बुढामगर को पनि उपस्थिति थियो यसै बिच गठित भएको प्रथम जिल्ला अधिवेशन ले गठन गरेको नेपाल मगर विद्यार्थी संघ नै बैधानिक हो । 

यसमा अलि आलोचना छ भन्नेकुरा मा नेपाल मगर संघ भनेको कुनै पार्टीको भातृ संगठन होईन यो कुरा मगर तथा गैर मगरलाई हेक्का हुनुपर्छ र नेपाल मगर विद्यार्थी संघ पनि कुनै पार्टिको भातृ संगठन होईन त्यो भएर नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघ एउटा विशुद्ध सामाजिक संस्था हुन यि विशुद्ध सामाजिक संस्थामा जुनसुकै मगरहरुको पनि उपस्थिति हुन सक्छ यसमा कुनै राजनितिक पुर्वाग्रही छैन सिर्फ मगर हुनुप¥यो मगरहरुको साझा चौतारीमा सम्पूर्ण मगरहरु जुनसुकै दलमा आवद्ध हुनुहुन्छ उहाँको राजनितिक आस्था जुनसुकै भएपनि नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघमा विधिगत र प्रकृयागत तरिकाले समावेश हुन पाउनु हुन्छ यसमा कसैको रोक तोक छैन अलिकति के भयो भने मगरहरु को आन्तरीक सवालमा गैर मगरहरुको ठाडो हस्तक्षेप भयो यो हुनु भनेको आपत्तीजनक कुरा हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै