१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता सिटौलाद्वारा छोराको विवाह भोजलाई छुट्याएको ५ लाख स्थानीय तहलाई राहत

१६ बैशाख २०७७, मंगलवार ०४:११

वैशाख १६, झापा | नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गर्नुभएको छ । नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँच लाख प्रदान गर्नुभएको हो । आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवालग्नमा गराउनुभएको थियो ।

नेता सिटौला लकडाउनको पालना गर्दै बेहुला श्याम, आफ्ना दुई अङ्गरक्षक र अन्य तीन गरी सात जना मात्र जन्ती लिएर बेहुलीको घर पुग्नुभएको थियो । उता बेहुली पक्षका पनि १५ जना मात्र थिए । बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न १५ जनालाई मात्र उपस्थिति गराएको थियो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै नेता सिटौलाले आफ्ना छोराको विवाह सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत पुर्याउने उद्देश्यले पाँच वटा पालिकालाई रु पाँच लाख सहयोग गर्नुभएको हो ।

छोराबुहारीको इच्छानुसार नेता सिटौलाले विवाहभोजमा गरिने खर्च स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको काँग्रेस नेता नवीन विमलीले जानकारी दिनुभयो । सिटौलाले बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकालाई एक/एक लाख प्रदान गर्नुभएको थियो भने भद्रपुर नगरपालिका–१० र विर्तामोड नगरपालिका–१० लाई ५०/५० हजार सहयोग गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण