२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता सिटौलाद्वारा छोराको विवाह भोजलाई छुट्याएको ५ लाख स्थानीय तहलाई राहत

२०७७, १६ बैशाख मंगलवार ०४:११

वैशाख १६, झापा | नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गर्नुभएको छ । नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँच लाख प्रदान गर्नुभएको हो । आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवालग्नमा गराउनुभएको थियो ।

नेता सिटौला लकडाउनको पालना गर्दै बेहुला श्याम, आफ्ना दुई अङ्गरक्षक र अन्य तीन गरी सात जना मात्र जन्ती लिएर बेहुलीको घर पुग्नुभएको थियो । उता बेहुली पक्षका पनि १५ जना मात्र थिए । बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न १५ जनालाई मात्र उपस्थिति गराएको थियो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै नेता सिटौलाले आफ्ना छोराको विवाह सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत पुर्याउने उद्देश्यले पाँच वटा पालिकालाई रु पाँच लाख सहयोग गर्नुभएको हो ।

छोराबुहारीको इच्छानुसार नेता सिटौलाले विवाहभोजमा गरिने खर्च स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको काँग्रेस नेता नवीन विमलीले जानकारी दिनुभयो । सिटौलाले बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकालाई एक/एक लाख प्रदान गर्नुभएको थियो भने भद्रपुर नगरपालिका–१० र विर्तामोड नगरपालिका–१० लाई ५०/५० हजार सहयोग गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा