Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना कहर: प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो, अर्थतन्त्रको आकार बढ्यो

२०७७, १८ बैशाख बिहीबार १०:४५

वैशाख १८, काठमाडौँ | विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । 

चालू आर्थिक वर्षको बजेटलाई नेपालको अर्थतन्त्रले उडान भर्ने गरी कार्यक्रम तय गरिएको थियो । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा विषम खालका समस्या देखापरेका छन् । उद्योग प्रतिष्ठान, विकास निर्माणका काम प्रायः ठप्प छ । आर्थिक गतिविधि नहुँदा सरकारले अपेक्षा गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन नसक्ने अवस्था देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हेर्ने हो भने चालू आर्थिक वर्षमा मात्रै २.२७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा गोरखा भूकम्पका कारण सबैभन्दा कम आर्थिक वृद्धि भएको थियो । भूकम्पले सम्पूर्ण गतिवधि रोकिँदा सो आवमा मात्रै ०.५९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले लिएका नीति तथा कार्यक्रमका कारण पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहँदै आएको थियो । विभागका अनुसार आव २०७३/७४ मा ८.२२, आव २०७४/७५ मा ६.७० र आव २०७५/७६ मा कूल ६.९९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण आर्थिक वृद्धिमा ठूलो गिरावट आउने विभागको अध्ययनले देखाएको छ । सरकारले चालू आर्थिक वर्षलाई अर्थतन्त्रमा छलाङ हान्ने वर्षका रूपमा हुँदै ठूला भौतिक निर्माणको कामलाई समेत अगाडि बढाएको थियो । गत चैतको पहिलो सातादेखि कोरोना कहरले समग्र क्षेत्रमा जटिलता पैदा भएको छ ।

कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै समग्र अर्थतन्त्रमा ठूलो समस्या देखिए पनि केही क्षेत्रमा सुधार देखिने विभागको तथ्याङ्कमा समेटिएको छ । कोरोनाको प्रभावले समग्र क्षेत्रमा असर परेको भए पनि नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको विभागले सार्वजनिक गरेको विवरणमा समेटिएको छ । विभागका अनुसार नेपालीको एक वार्षिक औषत आम्दानी रु एक लाख २६ हजार १८ पुगेको छ । प्रतिव्यक्ति आम्दानी एक हजार ८५ अमेरिकी डलर पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी रु एक लाख १७ हजार २६८ थियो अर्थात् अमेरिकी डलरमा एक हजार ३९ थियो । गत आबभन्दा चालू आवमा प्रतिव्यक्ति आम्दानी ३४ अमेरिकी डलरले वृद्धि हुने देखिएको छ ।

अर्थतन्त्रको आकार बढ्यो 

विभागका अनुसार चालू आवको फागुन मसान्तसम्म आर्थिक गतिविधिमा देखिएको सकारात्मक प्रभावका कारण देशको समग्र अर्थतन्त्रको आकार बढेको पाइएको छ । आव २०७५/७६ मा कूल रु ३४ खर्ब ५८ अर्बको अर्थतन्त्र रहेकोमा चालू आजमा त्यो बढेर रु ३७ खर्ब ६८ अर्ब पुगेको छ । 

पछिल्ला तीन वर्षमा नियमितरूपमा ऊर्जाको उपलब्धता भएको र चालू आवमा पनि जलविद्युत्लगायत क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण पनि सकारात्मक परिवर्तन देखिने विभागको भनाइ छ । विद्युत्, ग्यास र पानी क्षेत्रको कूल योगदानमा २८.७५ प्रतिशत रहने तथ्याङ्कमा समावेश छ । कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत्, ग्यास (ऊर्जा) र पानीको योगदान १.४१ प्रतिशत हुने अनुमान गरिएको छ । यस्तै कृषि तथा वन क्षेत्रमा २.४८ प्रतिशत मत्स्यपालन ७.१७, उत्पादन २.२७, रहँदा खानी क्षेत्रमा ०.६९ निर्माण ०.३१, होटल तथा सेवा क्षेत्र १६.३० र यातायात २.४५ प्रतिशतले नकारात्मक हुने देखाएको छ । 

आव २०७६÷७७ को ‘राष्ट्रिय लेखा तथ्याङ्क’ मा कूल ग्राहस्थ उत्पादनको गणनामा समावेश भएका कूल १५ क्षेत्रमध्ये पाँच वटा क्षेत्रमा आर्थिक गतिविधि गत वर्षको तुलनामा नकारात्मक अर्थात् ऋणात्मक हुने देखाएको छ । निर्माण, यातायात र सञ्चार, उद्योग, होटल तथा रेस्टुरेन्ट र खानी तथा उत्खनन क्षेत्र नकारात्मक रहनेछन् । सो क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा चालू आवमा कूल दुई दशमलब ७० प्रतिशत हिस्सा रहने छ ।

कोरोनाका कारण होटल व्यवसायमा नराम्रो असर परेको छ । पर्यटक आवागमन बढाउने भनेर सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम बन्द भएका छन् । पर्यटक आवागमनमा झण्डै १४ प्रतिशतले गिरावट आएको छ । आन्तरिक पर्यटकसमेत कोरोनाका कारणले घुम्न पाएका छैनन् । सोही कारण होटल तथा सेवा क्षेत्रमा समेत नकारात्मक असर परेको छ । हवाईसेवा प्रदायकका जहाज ग्राउण्डेड भएका छन् । 

यस्तै विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ५० खर्ब ९२ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु १७ खर्ब ४३ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल ग्राहस्थ उत्पादनमा उपभोक्ताको मूल्यमा रु ३२ खर्ब नौ अर्ब रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ