अजयकुमार साह/साउन ४, उदयपुर । ढल्नै लागेको केपी ओली नेतृत्वको सरकार मण्डले रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/साउन ४, उदयपुर । ढल्नै लागेको केपी ओली नेतृत्वको सरकार मण्डले रा"/>

२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

मण्डले राष्ट्रवादवाट ग्रसित थियो ओली सरकार: नेता कार्की

२०७३, ४ श्रावण मंगलवार ०५:१०


अजयकुमार साह/साउन ४, उदयपुर । ढल्नै लागेको केपी ओली नेतृत्वको सरकार मण्डले राष्ट्रवाद र महेन्द्र राष्ट्रवाद बाट ग्रसित भएकोले आफूहरु सरकारबाट बाहिरीनु परेको नेकपा माओवादी केन्द्रका एक केन्द्रिय नेताले बताएकाछन् ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रदेश नं. १ का इन्चार्ज राम कार्कीले राष्ट्रवादको खोक्रो नारामा सरकारको गतिविधीलाई सिमित बनाएर आपसी सहमति तोडेकै कारण ओली सरकारबाट बाहिरिनु परेको बताएकाछन् । 

पार्टीको एकता भेला कार्यक्रमलाई सम्बोधन गर्न उदयपुरको सदरमुकाम गाईघाट आएका नेता कार्कीले प्रेस सेन्टर उदयपुर द्वारा मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बताएका हुन ।

एमालेले नेतृत्व गरेको बर्तमान सरकारले दैनिक काम गरेपनि राष्ट्रिय प्राथमिकताको कार्यहरुप्रति गम्भिर नभएकोले समर्थन फिर्ता लिएको प्रष्ट पार्दै अवको सरकारको नेतृत्व माओवादी केन्द्रको हुने कुरामा नेपाली काँग्रेस सँग सहमति भईसकेको र सो सहमतिकै आधारमा अबको सरकार बन्ने उनको धारणा रहेको थियो । 

ओली सरकारका मन्त्री र कार्यकर्ताहरु पर्यटक घुम्न गए जस्तो भुकम्प पिडितको नाममा देश विदेश घुम्ने काम मात्र गरे भुकम्प पिडितलाई राहत पुग्ने कार्यमा खासै चासो नलिएकोले पनि सरकार असफलतातिर धकेलिएको उनले बताए । राष्ट्रवादी खोक्रो नारालाई उचालेर नेपाली जनतालाई ईमोसनल ब्ल्याकमेल गरेर लोकप्रियता मात्र कमाउने ओलीको प्रयास रहेको नेता कार्कीले आरोप लगाउनुभयो । अक्रान्त रहेको मधेशको मुद्दालाई सम्बोधन समेत गर्ने प्रयास नगरिएपछि के को राष्ट्रवादी, आफनै देशको जनतालाई पराई बनाएर खोक्रो राष्ट्रियता देखाउने प्रवृतिको आफूहरुले विरोध समेत गरेको उनको भनाई थियो । 

कम्युनिष्ट पार्टिहरु एक ढिक्का भएर एउटै सरकारमा सहभागी भएको ऐतिहासिक क्षणमा माओवादी केन्द्रले एक्कासी गठबन्धन छोड्ने निर्णय आत्मघाती भएको होईन भन्ने प्रश्नको जवाफमा बोल्दै नेता कार्कीले राजनितिमा प्रतिस्पर्धा जायज कुरा भएको र कम्युनिष्टहरु विच समेत राजनितिक प्रतिस्पर्धा हुनु स्वभाविक हो र अहिलेको अवस्थामा मुख्य कुरा संविधानलाई कार्यान्वयन गर्नु, पिडित जनतालाई राहत दिनु, दैनिक उपभोग्य सामंग्रीको सहज आपूर्ति गर्नु, छिमेकी दुई मूलुकहरुसँग आपसी समझदारी र सहकार्यका साथ अगाडी बढ्नुपर्ने अवस्था रहेकोमा सो कार्यको विरुद्धमा ओली सरकार गएपछि समर्थन फिर्ता लिएर माओवादी सरकार बाट बाहिरिएको नेता कार्कीले बताए । 

उनले स्थानीय निर्वाचनप्रति आफ्नो पार्टी गम्भिर रहेको तर पहिले सिमांकन, गाउँपालिका, नगरपालिका गठन हुनुपर्ने बताए । कार्यक्रममा पार्टीका अर्का केन्द्रीय नेता स्थायी समिति सदस्य सुरेश राई लगायतका अन्य जिल्ला नेताहरुको पनि उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि