१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१२ सांसदसहित ४४१ को स्वाब संकलन (१० तश्वीर हेर्नुहोस)

२५ बैशाख २०७७, बिहीबार १२:५०

वैशाख २५, काठमाडौं । बिहीबार २१२ जना सांसदसहित ४४१ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् ।

भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।

तश्वीरहरु:


राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस


राष्ट्रियसभाका सांसद कोमल वली बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)कोे स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

प्रतिनिधिसभाका सांसद महन्त ठाकुर बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस


संघीय संसद् भवनमा नयाँ बानेश्वरमा कोभिड १९ को सङ्क्रमण भए, नभएको परीक्षण कार्यक्रममा  बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायत सांसद । तस्वीरः रोशन सापकोटा/रासस


कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फे बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीर: रोशन सापकोटा/रासस
गृहमन्त्री रामबहादुर थापा  बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

सभामुख अग्निप्रसाद सापकोटा  बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली  बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९)को स्वाब परीक्षण गराउँदै । तस्वीरः रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण