Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्रीको जवाफ: लिपुलेकमा भारतले सडक बनाएको जानकारी थियो

२०७७, २८ बैशाख आईतवार ०७:३९

वैशाख २८, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा सरकारलाई पूर्वजानकारी रहेको खुलाशा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । 

सांसदहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयबारे सरकारलाई जानकारी थियो कि थिएन ? भन्ने  जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए । सोहि कुराको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सडक निर्माणबारे सरकारलाई थाहा भएको बताए । उनका अनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मन्त्रीज्ञावालीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको भन्दै वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १.५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न तयार रहेको बताउँदै आएको बताएका छन् । उनले फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल अगाडि बढेका बताए । तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । 

सरकारले यस विषयमा ध्यानाकर्षण गरेपछि सनिबारनै भारतीय विदेश मन्त्रालयको प्रवक्ताले प्रतिक्रिया दिएका छन्, जस अनुसार कोरोनापछि वार्ताको टेबलमा बस्न तयार रहेको भारतले जानकारी दिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ