Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भूमिमा भारतले सडक बनाउनु आपत्तिजनकः नेता नेपाल

२०७७, २८ बैशाख आईतवार १३:०९

वैशाख २८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद् र आपत्तिजनक रहेको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले सीमा विवाद समाधान गर्न नेपालले प्रस्ताव गरेको परराष्ट्र सचिवस्तरीय बैठकको बेवास्ता गर्दै एकाएक नेपाली भूमिमा सडक निर्माण गर्नुले नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको बताउनुभएको छ । यसबाट दुई देशबीच यसअघि भएका सम्झौता र सहमतिको गम्भीर उल्लङ्घन भएको पनि उहाँले बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री नेपालले भारतको उक्त कदमको विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न पनि आग्रह गर्नुभएको छ । नेपालको पश्चिमी पहाडी भू–भाग र भारतबीचको सीमा सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्धारित भएको भन्दै उहाँले ऐतिहासक तथ्य प्रमाणका आधारमा लिम्पियाधुराबाट निस्कने काली (महाकाली) नदी नै दुई देश बीचको सीमा नदी भएको स्पष्ट पार्नुभएको छ । “दुई देशबीच भएको सन्धिको प्रावधान र मर्म विपरीत भारतले आफ्नो नक्सामा राख्नु, अनधिकृत रुपमा सुरक्षाकर्मी राख्नु र बाटो निर्माण गर्नु स्वतः सन्धि विपरीत हुन्छ”, नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ । कालापानीबाट भारतीय सैनिक फिर्ता र राजनीतिक नक्सा सच्याउन नेपालले बारम्बार आग्रह गर्दै आएको कुरा पनि उहाँले स्मरण गराउनुभएको छ । 

पूर्वप्रधानमन्त्री नेपालले भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले दुईपटक पत्र लेखिसक्दासमेत त्यस विषयमा तदारुकताका साथ वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता सङ्कुचन हुने गरी कदम चाल्नुले थप गम्भीर बनाएको बताउनुभएको छ । उहाँले सीमा अतिक्रमण जस्तो संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन आवश्यक तथ्य–प्रमाणसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । 

आफ्नो मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा प्रकाशन गर्न सरकारको ध्यानाकर्षण गराउँदै नेता नेपालले नेपाली भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न, सीमाको नियमित रुपमा नियमन गर्न र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गर्न पनि माग गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ