Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सङ्घीय संसदमा प्रस्ताव दर्ता

२०७७, २९ बैशाख सोमबार ११:१५

वैशाख २९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘कोरोना महाव्याधीबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षितरुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ माग गर्दै सङ्घीय संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।  

काँग्रेसले कोरोनाको अहिलेको महासङ्कटको बेला विदेशमा अप्ठ्यारोमा परेका नेपालीले आफ्नो देशमा आउन खोज्नु र राज्यको संरक्षण पाउन खोज्नु स्वाभाविक मात्र नभई उनीहरूको अधिकार र नेपाल सरकारको दायित्व भएको भन्दै सोबारेमा छलफल गर्न प्रस्ताव आज दर्ता गराएको जनाएको छ ।

यसैगरी सो बारेमा सर्वोच्च अदालतले आदेश दिइसकेको, संसदीय समितिहरूले ध्यानाकर्षण र निर्देशन गरेको सन्दर्भमा र संसारका विभिन्न मुलुकले आफ्ना नागरिकको व्यवस्थापन र सुरक्षित फिर्ती प्रक्रिया थालिसक्दासमेत नेपाल सरकारले गम्भीरतापूर्वक लिएको नदेखिएको भन्दै सोबारेमा छलफल गर्नुपर्ने आवश्यकता रहेको प्रस्तावमा उल्लेख छ । 

यस सन्दर्भमा सरकारले के कस्तो तयारी गरिरहेको छ सोको जानकारी सदनमा गराउन तथा भारत, खाडी मुलुकलगायत विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीलाई अविलम्ब नेपाल ल्याउनका लागि कार्ययोजना बनाई प्रक्रिया थाल्न तथा उनीहरूको व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउन सदनले सरकारलाई निर्देशन दिन अपरिहार्य भएको भनी प्रस्तावमा जनाइएको छ ।

काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक र डा डिला सङ्ग्रौला तथा प्रकाश रसाइली (स्नेही) समर्थक रहेको उक्त प्रस्तावमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न र त्यसपछि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विभिन्न कामका बारेमा सुझावसमेत उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ