Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिचिएको भूमि फिर्ताका लागि पहल गर्न संसदहरुको माग

२०७७, ३० बैशाख मंगलवार ०६:५३

वैशाख ३०, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा उहाँहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गर्नुभयो । बैठकमा सांसदहरु बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरु प्रकाशमान सिंह, टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु डा डिला सङ्ग्रौला, तेजुलाल चौधरी, दीपकप्रसाद भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसदहरु तिलबहादुर महत क्षेत्री र दामोदर भण्डारीले कोरोना सङ्क्रमण रोक्न सरकारले चालेको कदम प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा परीक्षणको व्यवस्था सबै जिल्लामा पुर्याउन र सिमानामा कडाइ गर्न आग्रह गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्मा नदेखिनुभएको बताउँदै उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद दुर्गा पौडेलले किसानको मनोबल बढाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटमा आँधिबेहरीले किसानका बालीनालीमा पुर्याएको क्षतिबारेमा जानकारी गराउँदै राहतको उचित व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा सांसदहरु  ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नवराज सिलवाल, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वता डिसी चौधरी, पवित्रा निरौला खरेल, पार्वतीकुमारी बिसुन्के, पुष्पाकुमारी कर्ण कायस्थ, पुष्पा भुसाल (गौतम), पूर्णकुमारी सुवेदी, प्रकाश स्नेही (रसाइली), दुर्गाकुमारी विश्वकर्मा, दलबहादुर राना, दिल कुमारीले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहरुले बहुआयामिक विषय उठाउनुभएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ