१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशैभर लकडाउनमा थप कडाई हुनसक्ने, सबै पास रद्द

३० बैशाख २०७७, मंगलवार १३:४०

वैशाख ३०, काठमाडौं । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आक्रामक रुपमा बढेपछि प्रधानमन्त्रीदेखि गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । 

मंगलबार गृहमन्त्रालयले यस अघि एक जिल्लाबाट अर्को जिल्ला जानेगरि जारी गरेको सबैप्रकारको सवारी पास रद्ध गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले गरेको निर्णय बिहीबारदेखि लागू हुनेछ । केहिदिन यता सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब भने सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । 


यता प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको निर्णयप्रति असन्तुष्टिमात्रै जनाएनन् सिफारिस गर्ने नेतृत्वकर्ता उपप्रधानमन्त्री समेत रहेका समितिका संयोजक ईश्वर पोखरेलसँग आक्रोशित बनेका छन् । आधाघण्टा भन्दा बढी समय लिएर कोरोनाबारे ब्रिफिङ गरेका ओलीले काठमाडौमा पनि लकडाउन छ र ? भन्दै व्याङ्ग्यात्मक प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनदेखि काठमाडौंका सडक नै जाम हुन थालेका दृश्य सञ्चारमाध्यममार्फत आफूले देखेको बताएका छन् । 

वैठकमा प्रधानमन्त्री ओलीले भने 'मलाई त काठमाडौं लकडाउनमा छ भन्ने विश्वास छैन । अनावश्यक गाडीहरु पनि गुडिरहेको, कपडा पसलहरु समेत खुलेको र सडकमा यातायात जाम भएको दृश्य देखिन्छ । तपाईंहरु यसैलाई लकडाउन मान्नुहुन्छ भने बेग्लै कुरा ।' बैठकमा ओलीले तत्काल लकडाउन कडा बनाउने र मानिसहरुलाई सुरक्षित गर्ने प्रयास हुनुपर्ने धारणा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण