२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशैभर लकडाउनमा थप कडाई हुनसक्ने, सबै पास रद्द

२०७७, ३० बैशाख मंगलवार १३:४०

वैशाख ३०, काठमाडौं । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आक्रामक रुपमा बढेपछि प्रधानमन्त्रीदेखि गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । 

मंगलबार गृहमन्त्रालयले यस अघि एक जिल्लाबाट अर्को जिल्ला जानेगरि जारी गरेको सबैप्रकारको सवारी पास रद्ध गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले गरेको निर्णय बिहीबारदेखि लागू हुनेछ । केहिदिन यता सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब भने सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । 


यता प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको निर्णयप्रति असन्तुष्टिमात्रै जनाएनन् सिफारिस गर्ने नेतृत्वकर्ता उपप्रधानमन्त्री समेत रहेका समितिका संयोजक ईश्वर पोखरेलसँग आक्रोशित बनेका छन् । आधाघण्टा भन्दा बढी समय लिएर कोरोनाबारे ब्रिफिङ गरेका ओलीले काठमाडौमा पनि लकडाउन छ र ? भन्दै व्याङ्ग्यात्मक प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनदेखि काठमाडौंका सडक नै जाम हुन थालेका दृश्य सञ्चारमाध्यममार्फत आफूले देखेको बताएका छन् । 

वैठकमा प्रधानमन्त्री ओलीले भने 'मलाई त काठमाडौं लकडाउनमा छ भन्ने विश्वास छैन । अनावश्यक गाडीहरु पनि गुडिरहेको, कपडा पसलहरु समेत खुलेको र सडकमा यातायात जाम भएको दृश्य देखिन्छ । तपाईंहरु यसैलाई लकडाउन मान्नुहुन्छ भने बेग्लै कुरा ।' बैठकमा ओलीले तत्काल लकडाउन कडा बनाउने र मानिसहरुलाई सुरक्षित गर्ने प्रयास हुनुपर्ने धारणा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु