२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठकः नीति तथा कार्यक्रममा केन्द्रित

२०७७, २ जेष्ठ शुक्रबार ०८:२५

जेठ २, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रममा  सुझाव दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले  सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 
राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  
“बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने  दिन सकिन्छ भनेर सचिवालय बैठकमा रहेका सदस्यलाई अनुरोध गर्नुभयो”, बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भन्नुभयो, “नीति तथा कार्यक्रमका बारेमा केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको छ ।”
उहाँले बैठकमा स्थायी कमिटी बैठकबारे भने नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा छलफल हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु