११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा सचिवालय बैठकः नीति तथा कार्यक्रममा केन्द्रित

२ जेष्ठ २०७७, शुक्रबार ०८:२५

जेठ २, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रममा  सुझाव दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा सचिवालय सदस्यले  सो कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 
राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  
“बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने  दिन सकिन्छ भनेर सचिवालय बैठकमा रहेका सदस्यलाई अनुरोध गर्नुभयो”, बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता श्रेष्ठले भन्नुभयो, “नीति तथा कार्यक्रमका बारेमा केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको छ ।”
उहाँले बैठकमा स्थायी कमिटी बैठकबारे भने नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा छलफल हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा