Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वदेश फर्किन चाहने र विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरेर नेपाल ल्याउनु’

२०७७, ४ जेष्ठ आईतवार १०:४५

जेठ ४, काठमाडौँ | संसदीय समितिले कोरोना भाइरस (कोभिड- १९)का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्न गृहकार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विभिन्न देशमा समस्यामा रहेका नेपालीलाई वर्गीकरण गरि स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राखेर घर पठाउनेसम्मका योजना तयार पार्न निर्देशन दिएको हो । 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले विभिन्न मुलुकलाई जोखिममा रहेका नेपालीहरुलाई जोखिमको आधारमा वर्गीकरण गरि उद्दार गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै त्यस्ता नागरिकलाई उद्दार गर्न भन्दै निर्देशन दिएको छ । 

समितिले स्थल मार्ग भएर भारतबाट आउने नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर खोलेर परीक्षण गरी घर पठाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

सरकारलाई समितिले दिएको निर्देशनमा भनिएको छ- 'प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउनु पर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक छ ।' समितिले वर्गीकरणमा परेका स्वदेश फर्किन चाहने नेपालीहरूको उद्दारका लागि निश्चित समय तोक्न र कार्यतालिका बनाई कार्यान्वयन गर्न भनेको छ । समितिले सरकारलाई सुझाव दिँदै भनेको छ -'संक्रमणका दृष्टिले देशहरू र क्रमशः सहररूको वर्गीकरण निलो, रातो, पहेँलो गरी ल्याउनुपर्नेहरूको वर्गीकरण गर्ने ।'

समितिले सरकारलाई दिएको निर्देशन अनुसार विदेशमा खर्च नभएर अलपत्र परेका नागरिकहरूलाई कोरोना संक्रमण रोकथामको प्रयोजनका लागि स्थापित कोषबाट रकम उपलब्ध गराउन र उनीहरूलाई स्वदेश ल्याउनका लागि नेपाल वायुसेवा निगमको जहाज प्रयोग गर्न भनेको छ । 

वैठकमा संसदहरुले विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको आरोप लगाएका छन् । बैठकमा उपस्थित भएका सांसदहरुले सरकारले कोरोना नियन्त्रणका लागि कोष खडा गर्ने तर खर्च नगर्ने तथा विदेशबाट आउन चाहेका नेपालीहरुलाई ल्याउनै हुन्न भन्ने किसिमले व्यवहार गरेको बताएका हुन् । उनीहरुले कोषमा जम्मा भएको रकम खर्च गरी समस्यामा परेका सबैको व्यवस्थापन गर्न समेत माग गरेका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले भने भारत तर्फको सीमामा आएर बसेका नेपालीहरु, विदेशमा समस्यामा परेका नेपालीहरु र घर फर्कन चाहने नेपालीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । उनले अति समस्यामा परेका नेपालीहरु, समस्या नभएपनि घर फर्कन चाहेका नेपालीहरु, भारत तर्फको सिमामा आइसकेका नेपालीहरु सबैलाई वर्गिकरण गरी अति समस्यमा परेकालाई पहिलो प्राथमिकता दिएर उद्धार गर्नका लागि सरकारले जानकारी लिने काम गर्नुपर्ने बताए । 

सांसद पुष्पा भुसालले चुनावमा भोट हाल्नका लागि विदेशमा रहेका नेपालीहरुलाई देश फर्कन आह्वान गर्न सक्ने सरकारले अहिले विपद्को अवस्थामा उतै बस भन्न नमिल्ने बताइन् । 

सांसद दिव्यमणि राजभण्डारीले बोर्डरमा रहेका नेपाली नागरिकहरु र विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार नगरेर सरकारले लाचारी पन देखाएको बताए । उनले विदेशमा रहेका नेपालीहरुले नै पठाएको रेमिट्यान्सले थामेको देशको सरकारले उनीहरुलाई समस्या पर्दा सहयोग नगर्नु दुर्भाग्य भएको बताए ।

सांसद भिम रावलले विदेशमा समस्यामा रहेका नेपालीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा विभिन्न छ वटा उपायहरु प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ