२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेठ २० गतेसम्म लकडाउनको समय थप्न सिफारिस, आजै निर्णय आउने

२०७७, ४ जेष्ठ आईतवार १३:५५

जेठ ४, काठमाडौँ | कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको जानकारी प्राप्त भएको छ ।


समितिको निर्णयबारे जानकारी दिँदै समितिका सदस्य–सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ कल्पनै नहुने गरी बढ्ने अवस्था रहेकामा बन्दाबन्दीकै कारण सङ्क्रमण रोक्न सफल भएकाले थप गर्नु नै उपयुक्त र सही छ भन्ने निष्कर्ष समितिको रहेको बताउनुभयो । यसअघि बन्दाबन्दी सोमबार (भोलि) राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो । बन्दाबन्दीको अन्तिम निर्णय आज जारी मन्त्रिपरिषद् बैठकले गर्नेछ । मन्त्रिपरिषद् बैठकले सिफारिसलाईनै निर्णय गरे आगामी जेठ २० गतेसम्म लकडाउन हुनेछ । 

समितिको आजको बैठकमा विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै मापदण्ड नपुगेकालाई पनि पुर्याउने र आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय पनि समितिले गरेको छ । यस्तै बन्दाबन्दी कार्यान्वयन र मानिसको आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाउने तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने पनि समितिले निर्णय गरेको छ ।  अत्यावश्यक वस्तुको कमी हुन नदिने र आपूर्तिको बन्दोबस्त मिलाउने निर्णय पनि समितिले गरेको बिडारीले बताउनुभयो ।  

आजको बैठकमा विदेशमा रहेका नेपालीलाई ल्याउने विषयमा समेत गम्भीर छलफल भएको थियो । छलफलले निष्कर्ष निकाल्न भने नसकेको छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन र आइसोलेशनको आवश्यक व्यवस्थापन नहुँदासम्म ल्याउन नहुने सुझाव प्रस्तुत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा