जेठ ५, काठमाडौँ | मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’
राष्ट्रपतिले नीति तथा कार्यक्रमार्फत घोषणा गरेको ४ दिनमै सरकारले लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने निर्णय गरेको हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!