२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषदको बैठक बस्दै, विदेशमा अलपत्र नेपालीको उद्दार र कोरोना रोकथाममा केन्द्रित हुने

२०७७, ९ जेष्ठ शुक्रबार ०३:००

जेठ ९, काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताए ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई नेपाल ल्याउन अझै ठोस योजना बनाएर निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिएका थिए । उक्त वैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई पहिलो प्राथमिकता दिने भन्नेबारे छलफल भएको थियो ।

बैठकले विदेशबाट नेपाल ल्याउने ठोस योजना बनेपछि कूटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने छलफल गरेको थियो । जसको योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ । वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा कयौं नेपालीहरु समस्यामा परिरहेको अवस्थामा तत्काल निर्णय आउने आशा गरिएको छ तर कहिलेसम्म उनीहरुलाई स्वदेश ल्याउने भन्नेबारे यसअघिका बैठकहरुले निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु