2026-07-09 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछः सभामुख

जेठ १२, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।  इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद) पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले आपसी सद्भाव,  सहिष्णुता र भाइचाराको सन्देश दिने बताउनुभयो । 

नेपालमा मनाइने यस्ता पर्वले हामीबीच एकता र आपसी सद्भाव बढोत्तरी हुने विश्वास  व्यक्त गर्दै सभामुख सापकोटाले इद उल फित्रमार्फत यस कठिन घडीमा हामीबीचको भ्रातृत्व, सद्भाव र एकता कायम राख्न प्रेरणा मिल्नेछ भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सिनाबाट मानवजातिलाई जोगाउन एकतामा जोड

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले यसै अवसरमा सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गर्नुभएको छ । 


कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले रोगका कारण दिवङ्गतप्रति  श्रद्धाञ्जलिका  साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो