साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसल"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले भने- ‘अविश्वास प्रस्ताव होइन ‘ईश्र्या प्रस्ताव’ हो’

२०७३, ५ श्रावण बुधबार ०५:१२

साउन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा गायब बनाइएको आर्थिक विधेयक खोज्नुपर्ने बताएका छन् । बुधबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘संसदको कार्यसूचीमा रहेको आर्थिक विधेयक कसले लुकायो ?'

प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची बिहीबारको संसद बैठकमा खोजी हुने समेत बताए । बलजफ्ती गरेर अघि नबढ्न ओलीले सबैलार्य आग्रह गरे । त्यस्तै, सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्रीको भनाइ छ । 

जिफन्ट को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी गरेका हुन् । 

उनले संसद्लाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै प्रश्न भने, ‘संसद् मनपरि गर्ने ठाउँ होइन, राज्य चलाउन र कर उठाउन आवश्यक पर्ने विधेयक पारित गर्नु नपर्ने, खाली सरकार मात्र फेरेर पुग्छ ?' असार २९ गते दर्ता भएको अविश्वास प्रस्तावमा बिहीबारबाट छलफल हुने कार्यसूची छ ।

अविश्वास प्रस्तावलाई विपक्षीको ‘ईश्र्या प्रस्ताव र चिन्ता प्रस्ताव' को संज्ञा दिँदै उनले सरकारले ल्याएका आत्मनिर्भरता र विकासका योजनाका कारण आगामी निर्वाचनमा आफ्नो पार्टीको साइनबोर्ड समेत नरहने हो की भन्ने चिन्ताले सरकार ढाल्ने प्रयास भएको बताए । 

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवनको गन्तव्य सरकारमा पुग्नु वा बसिरहनुभन्दा पनि मुलुकलाई तीव्र आर्थिक विकास गरेर आत्मनिर्भर बनाउनु भएको बताए । उनले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गरे प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रधानमन्त्री ओली आउँदा सहभागीले ‘आइ एम विथ केपी ओली' को प्ले कार्ड प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता