साउन ५, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजिनामा दिने दाबी गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजिनामा दिने दाबी गरेक"/>
२०८२, २३ फाल्गुन शनिबार
काठमाडौँ - KTM

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ

२०७३, ५ श्रावण बुधबार ०५:५६

साउन ५, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजिनामा दिने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजिनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन् ।’ उनले संसदीय व्यवस्थामा बहुमत पु¥याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे ।

भट्टराईले नियमित संसद चलिरहेकोले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनुपर्ने दाबी गरे । उनले थपे,‘नियमित संसद चलिरहेको वेला नियमित एजेण्डालाई नै अगाडि बढाउनुपर्छ, यो विषय नटुँग्याएसम्म अर्को विषयमा जानै सकिँदैन् ।’ उनले विधेयक पारित गर्ने गाडी क्युमा भएकाले अर्को गाडी अघि बढाए समस्या उत्पन्न हुने भन्दै व्यंग्य गरे ।

उनले थपे,‘विधेयक टुँगो लागिसकेपछि, हामी अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार छौं, एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निर्वाह गर्छ ।’ उनले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने स्पष्ट पारे ।

भट्टराईले सभामुख पद संवैधानिक भएको उल्लेख गर्दै भने,‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ, राजनीतिक दलहरुवीच उत्पन्न द्धन्द्धलाई सहज बनाउने भूमिका खेल्नुपर्छ, व्यवस्थापकिय संसदलाई दलहरुवीचको द्धन्द्धको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस् ।’ यद्धपी उनले सभामुखले मंगलबारबाट सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे ।

भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे । उनले थपे,‘सरकार परिवर्तनको जुन खेल भैरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन् ।’ मुलुकमा यतिवेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकत्ता रहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे ।

उनले प्रमुख पार्टीहरुमा यतिवेला अतिवादी र द्धन्द्ध चर्काउनेहरु हावी भएकाले यो समस्या उत्पन्न भएको दाबी गर्दै भने,‘अहिले मुलुकलाई द्धन्द्ध होईन्, एकताको खाँचो छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता