२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रोतालाई प्रधानमन्त्रीको गीत

२०७७, २५ जेष्ठ आईतवार ००:२६

जेठ २५, काठमाडौं । प्रधानमन्त्री के.पी. ओलीद्धारा रचित राष्ट्रिय भावनाले प्रेरित गीत समेटिएको एल्बम ‘समृद्ध नेपाल सुखी नेपाली’श्रोतामाझ आएको छ । भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गरेका हुन् ।

प्रमुख अतिथीका रुपमा निम्त्याइएका मुक्ता र सानुकाजीले यस्तो अवसर जीवनमा कहिले नपाएको बताए । प्रधानमन्त्रीको गीत विमोचन गर्न हामीजस्ता सडक मजदुरलाई बोलाउनु हाम्रो लागी ठुलो भाग्य हो’, मुक्ताले भनिन् । एल्बम विमोचन समारोहमा गायक बद्री पंगेनी, गायिका मेलिना राई, संगीतकार शान्तिराम राईले देश र जनताप्रति समर्पित गीत गाउन पाएकोमा खुसी व्यक्त गरे ।


अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका ५ गीतमध्ये प्रधानमन्त्री ओलीद्धारा रचित ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन् । त्यस्तै राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलका ‘हेर हाम्रो हिमाल हाँसेको’ र ‘मुर्झिएका सपनाहरु’ गरी दुई र विपिन किरणका ‘सबै मिले देश विकासमा’ र ‘कालसँग लडौं’गरी दुई गीत रहेका छन् ।

शान्तिराम राईको एकल संगीत रहेको एल्बममा राजेशपायल राई, बद्री पंगेनी, मेलिना राई, पार्वती राई, कला राईलगायतले स्वर दिएका छन् । ‘सरकारले गरेका राम्रा काम र उपलब्धीको उजागर, राष्ट्रियता र जनजिविकासँग सम्बन्धित गीत समेटेर एल्बम तयार पारिएका छौं’, सहसंयोजक पौडेलले भने । युवा नेता पौडेलकै संयोजनमा तयार पारिएको एल्बम किरण क्रिएसनले श्रोता दर्शकमाझ ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु