2026-07-09 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारलाई काभ्रेलीका तर्फबाट डल्लै धन्यवाद’

जेठ २५, काभ्रे | प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताउनुभएको छ । उहाँले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएकोसमेत उल्लेख गर्नुभएको छ ।

विश्वनै कोरोना भाइरसका कारण आक्रान्त भएको वर्तमान अवस्थामा आर्थिक सङ्कट र चुनौती झेल्दै सरकारले सिङ्गो काभ्रेपलाञ्चोकलाई समृद्ध बनाउनेतर्फ बजेट विनियोजन गरेकामा पूर्वमन्त्री बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जिल्लावासीका तर्फबाट ‘डल्लै’ धन्यवाद दिनुभएको हो । “प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उहाँको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ”, उहाँले भन्नुभयो । 

बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस)को भेटमा सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, शहरी पूर्वाधार, सहायक राजमार्गको निर्णयसहितको बजेट व्यवस्थापन, पर्यटन पूर्वाधार, ठूला र मझौला विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, करिडोर निर्माण, सुरक्षण छापाखाना निर्माण, मदन भण्डारी र प्रतिरक्षा राष्ट्रिय विश्वविद्यालय स्थापना, दुई राजमार्गको स्तरोन्नति, हवाई मैदानजस्ता दर्जनौँ योजनामा करोडौँ बजेट विनियोजन भएकामा सरकारलाई ‘विशेष धन्यवाद’ दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै काम गर्नुछ, समय पनि छ, अझ प्रदेशको बजेट आउनै बाँकी छ, म ढुक्क छु, केन्द्रमा समेट्न नसकिएका योजना वाग्मती प्रदेशले समेट्नेछ ।” 

अर्थमन्त्री डा युवराज खतिवडाद्वारा यही जेठ १५ गते प्रतिनिधिसभामा प्रस्तुत आव २०७७/७८ को विनियोजित बजेटमा काभ्रेपलाञ्चोकको विकास योजनाका लागि ९स्थानीय तहबाहेक० विभिन्न शीर्षकमा अर्ब हाराहारीमा बजेट विनियोजन भएको छ । चालु दीर्घकालीन महत्वका योजना जारी नै रहेको र आगामी वर्षको बजेटले काभ्रेपलाञ्चोकको विकासमा अर्को फड्को मार्ने भएकाले यसपटक सरकारलाई विशेष धन्यवाद दिइएको बाँस्कोटाले बताउनुभभयो । उहाँले भन्नुभयो, “समृद्ध काभ्रेपलाञ्चोक निर्माणको हाम्रो यात्रा अकण्टक इन्द्रावती र सुनकोशी नदीझैँ शान्त तर गतिसाथ अघि बढिरहनेछन् ।” उहाँले सामाजिक सञ्जालमार्फत पनि ‘प्रम ओली र उहाँको नेतृत्व सरकारलाई डल्लै धन्यवाद काभ्रेलीको तर्फबाट’ भन्नुभएको छ ।

त्यसो त आगामी वर्षका लागि प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलाई करिब साढे चार अर्ब छुट्याइएको छ । सोमध्ये बनेपा नगरपालिकालाई रु ५२ करोड १० लाख, पनौती नपामा रु ४४ करोड ५२ लाख, धुलिखेल नपामा रु ४० करोड ४६ लाख, नमोबुद्ध नपामा रु ३८ करोड आठ लाख, मण्डनदेउपुर नपामा रु ३५ करोड ३८ लाख तथा रोशी गाउँपालिकालाई रु ३८ करोड ४९ लाख, चौँरीदेउरालीमा रु ३२ करोड ३८ लाख, भुम्लुमा रु २८ करोड ३७ लाख, तेमालमा रु २७ करोड ८८ लाख, महाभारतमा रु २६ करोड ८२ लाख, बेथानचोकमा रु २४ करोड २२ लाख र खानीखोला गाउँपालिकामा रु २० करोड १८ लाख रकम वियोजन गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो