Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

२०७७, २६ जेष्ठ सोमबार १४:३३

जेठ २६, काठमाडौँ | स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उहाँले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताउनुभयो । 

मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उहाँको भनाइ थियो ।  अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ । 

नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उहाँले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले अहिलेको बन्दाबन्दी (लकडाउन)लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताउनुभयो । मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ । 

उहाँले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गर्नुभयो । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाउनुभयो । 

निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताउनुभयो ।  भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने उहाँको भनाइ थियो ।  चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उहाँले जानकारी दिनुभयो । प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने उहाँले बताउनुभयो । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालले बताउनुभयो । 

खोप, पोषण, क्षयरोग, एचआईभी एड्स र अन्य महामारी रोगका लागि बजेट विनियोजन गरिएको छ ।  यो वर्षको कार्यक्रम अन्तर्गत ३०० बेडको सङ्घ र प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाइने बजेटमा उल्लेख छ ।  उहाँले पुराना अञ्चल अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने र सङ्घमा रहेका पाँच वटा अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी ५०० बेडको बनाउने  बताउनुभयो । 

कोभिड १९ को रोकथाम, नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको भन्दै उहाँले कोभिड १९ को महामारी अरु देशको भन्दा हाम्रो देशमा सङ्क्रमण फरक रहेको बताउनुभयो ।  उहाँका अनुसार नेपालमा २१ देखि ३१ वर्ष उमेर समुहलाई बढी सङ्क्रमण देखिएको छ । महामारी नियन्त्रणमाा १० अर्ब खर्च भएको सन्र्दभमा सोधिएको प्रश्नमा उहाँले सङ्घले ६ अर्ब ३ करोड, प्रदेशले एक अर्ब ८ करोड र ६४१ स्थानीय तहमा २ अर्ब ७६ करोड खर्च भएको जानकारी दिनुभयो । यस्तै दुई अर्ब ९२ करोड ५५ लाख ८९ हजार स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा खर्च भएको उहाँले उल्लेख गर्नुभयो । 

दक्षिण एशियामा राम्रो

दक्षिण एशियामा हामीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा राम्रो भूमिका खेलेको मन्त्री ढकालले उल्लेख गर्नुभयो । प्रति १० हजारमा तीन हजार ३३७ जनामा परीक्षण गरिएको छ । 

सङ्गठनले प्रतिवन्ध लगाएको छैन

उहाँले विश्व स्वास्थ्य सङ्गठनले आरडिटी प्रतिवन्ध नलगाएको स्पष्ट पार्दै भन्नुभयो, “अध्ययन, अनुसन्धानका लागि आरडिटी परीक्षणमा प्रतिवन्ध लगाएको छैन । आरडीटी परीक्षण गर्दा पोजेटिभ देखियो भने पोजेटिभको आधारमा सङ्क्रमित भनेका छैनौ । सङ्क्रमण पुष्टि गर्नका लागि पीसीआर परीक्षण गरेका छौँ । आरडीटी स्क्रीनिङ्गका लागि मात्र परीक्षण गरिएको हो ।’’ रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ