2026-07-09 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिँचाइ व्यवस्थापनका लागि श्रम परिचालन गरिन्छः मन्त्री फुयाँल

जेठ २७, हेटौँडा। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सिँचाइको व्यवस्थापनका लागि सरकारका तर्फबाट व्यापक श्रम परिचालन गरिएको बताउनुभएको छ । सरकारले कोभिड–१९ को प्रभावका कारण कृषि उत्पादनलाई प्राथमिकता दिएकाले माटो उत्पादनशील भइकन पनि सिँचाइ अभावका कारण उत्पादन हुननसकेका भूमिलाई सिँचित बनाइने बताउनुभयो । 

सोमबार रासससँग कुरा गर्दै मन्त्री फुँयालले लकडाउनका कारण उत्पन्न परिस्थितिको सामना गर्न उत्पादन बढाउनुपर्ने र त्यसका लागि मन्त्रालयले ठूला तथा मझौला नहरको निर्माण एवं मर्मत गर्नुपर्ने तथा विगतमा विविध कारणले रोकिएको कुलो तथा राजकुलोको पुनः सञ्चालन गरिनुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले आफूले मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नासाथ सिँचाइका योजनालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । लक्ष्य निर्धारणसहित तालिका बनाएर केन्द्र, प्रदेश तथा स्थानीय तहसँग एवं तिनका प्रतिनिधिसँग समेत समन्वय गरी धमाधम काम भइरहेको उहाँको भनाइ थियो । मन्त्री फँुयालले हाल प्रदेश सरकार वास्तविक किसान र सही उपभोक्तामाझ पुगेको भन्दै प्रदेशका १३ वटै जिल्लाका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा  सिँचाइका साना, ठूला योजनाको काम, मर्मतसम्भार तथा रोकिएका कुलोहरुको पुनः सञ्चालन गर्ने काम धमाधम भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेशको कृषि मन्त्रालय तथा वन मन्त्रालयले कार्यान्वयन गर्न गइरहेका कृषि कार्यक्रम तथा जडीबुटी खेतीका लागि पानी अपरिहार्य भएको भन्दै मन्त्रालयले सिँचाइका पूर्वाधार निर्माणको कामको गति बढाउन अनुगमन तथा उपभोक्तालाई प्रत्यक्ष संलग्न गराउने खालका काममा मन्त्रालय जुटेको जानकारी दिनुभयो ।

मन्त्री फुँयालले टीकाभैरवबाट पाटनसम्मको ६०० वर्षभन्दा पनि पुरानो लिच्छवीकालीन राजकुलो दैनिक १०० भन्दा बढी श्रमिक परिचालन तथा जनश्रमदानसहित पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो । टीकाभैरवबाट थैव, सुनाकोठी, खुमलटार हुँदै वाग्मतीमा पानी खसाल्ने गरी उक्त राजकुलो यही असारसम्ममा प्रयोग गर्न मिल्ने गरी द्रुतगतिमा काम भइरहेको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो