१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस्

२९ जेष्ठ २०७७, बिहीबार ०५:४२

जेठ २९, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टीकृत अस्पतालमा पठाउन निर्देशन गर्नुभएको हो । प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामदायिक अस्पताल रुकुमपश्चिमलाई विशिष्टीकृत अस्पतालका रूपमा तोकेको छ ।

उहाँले सामान्य सङ्क्रमितलाई नगरपालिकाकै आइसोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका सङ्क्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गर्न सुझाउनुभयो । हरेक स्थानीय तहले ५०, जिल्लामा १०० श्यया आइसोलेसनको व्यवस्थापन गर्नुपर्नेमा बताउनुभएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितको ओसारपसार गर्न जिल्लामा भएका सबै एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सञ्चालन रहेका एम्बुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गरिने जनाउनुभयो ।

पिसीआर परीक्षणको दायरा बढाउने जनाउँदै उहाँले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिसँग जुध्न अग्रभागमा रहेर काममा निर्वाध लागिरहनुभएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिनुभएको थियो । सबैले आ–आफ्नो क्षेत्र एवं तहबाट सरकारले जारी गरेका नियम, नीति, निर्देशनको पालना गर्दै अघि बढे कोरोनासँगको लडाइँ सुनिश्चित हुने उहाँको भनाइ थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलबारे प्रमुख जिल्ला अधिकारी चन्द्रपसाद गैरेले मुख्यमन्त्री शाहीलाई जानकारी गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण