१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

३१ जेष्ठ २०७७, शनिबार ०६:०४

जेठ ३१, काठमाडौँ। साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो सङ्क्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचाअनुरूपका काम गरे÷नगरेको मूल्याङ्कन गर्न  आम नागरिकलाई अपिल गरिएको छ ।

 आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन हुने कार्यसूची भएकाले सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संशोधन गर्ने संसद्को ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसद्भित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एकढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न पनि हार्दिक आह्वान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण