२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

२०७७, ३१ जेष्ठ शनिबार ०९:५३

जेठ ३१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । काँग्रेस संसदीय दलको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा मतदान गर्न काँग्रेसका सबै सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु