2026-07-09 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरेका छौँ’

'असार २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गर्नुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसद श्रेष्ठले समय माग गरी हिजो जाजरकोट जिल्ला प्रशासन कार्यालय अगाडि न्यायको पक्षमा प्रदर्शन गर्दैगर्दा प्रहरीले अनाश्यक रुपमा हवाई फाएर गरेको छ, गोली चलाउने आदेश कस्ले दियो भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “रुकुममा यत्रो अपराध भएको छ, सरकारले छानबिन समिति बनाएको छ, ससदीय छानबिन समितिले काम थालेको छ, अदालतमा मुद्दा परिसकेको छ, तर हामी कसलाई बचाउन लागिरहेका छौँ, कुन पक्षलाई बचाउन लागिएको छ, हामीलाई शङ्का छ, न्याय मर्नु हुँदैन ।” 

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र  साथी लिएर केटीको घरमा जाँदै गर्दा सो घटना भएको जनाइएको छ  ।    नवराजसँगै केटीका घरमा गएका  छ जनाको शव  भेरी नदीमा भेटिएको थियो । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै दलित समुदायले देशैभरी प्रदर्शन गर्दै आएका छन् । उहाँले प्रहरीको छानबिन टोलीले मृतकको शरीरमा चोटैचोट भएको प्रतिवेदन सार्वजनिक गरिसकेका सन्दर्भमा कसैको दबाबमा चिकित्सकले भेरी नदीमा हामफालेर मृत्यु भएको भनी शव परीक्षण रिपोर्ट निकालेको आरोप लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो