असार ४, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभ"/>
१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग

४ असार २०७७, बिहीबार १२:१८

असार ४, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारन्टिनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गर्नुभयो । 

सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गर्नुभयो । 

सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गर्नुभयो । 

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्नुभयो 

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

सांसद डा दीपकप्रकाश भट्टले देशव्यापी रुपमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले कोरोना परीक्षणको दायरा बढाउन माग गर्नुभयो । 

सांसद नारदमुनी रानाले सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद डिला सङ्ग्रौलाले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको घटना सेलाउन नपाउँदै खरिपाटी क्वारेन्टिनमा भएको घोटालाका बारेमा जानकारी दिन माग गर्नुभयो । 

सांसद प्रमिला राईले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता छानबिन गर्न माग गर्नुभयो ।  

सांसद प्रभु साहले नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा थन्किनु पर्ने कारण के हो भनी प्रश्न गर्नुभयो ।

सांसद दलबहादुर रानाले यात्रा अनुमतिका लागि पास वितरण गर्दा अनियमिता भइरहेको गुनासो गर्नुभयो । 

सांसद दामोदर भण्डारीले परीक्षण किटको अभावले प्रदेश नं २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रभावित भएकाले तत्काल किटलगायत आवश्यक सामग्री उपलब्ध गराउन माग गर्नुभयो । 

सांसद दीलेन्द्रप्रसाद बडुले मुलुकमा कानुनी शासनको प्रत्याभूति हुन नसकेको भन्दै सत्तारुढ दलका नेताको दबाबमा काँग्रेस कार्यकर्तामाथि धरपकड भइरहेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद देवप्रसाद गुरुङले राष्ट्रियताको सन्दर्भमा दलहरुबीच अभूतपूर्व एकता पैदा भएकामा चीन र भारतबीचको विवाद अन्त्य गर्न कूटनीतिक पहल थाल्न आग्रह गर्न आग्रह गर्नुभयो । 

सांसद दुर्गाबहादुर राउतले बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपणको काम अलपत्र परेको भन्दै शान्तिप्रक्रियाका बाँकी काम टुङ्गो लगाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले क्वारेन्टिनमा राखिनेको पीसीआर परीक्षण नभएको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप आवश्यक स्वास्थ्य मापदण्ड नअपनाइको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बालकृष्ण खाँडले कोभिडका कारण अन्य क्षेत्रजस्तै हवाई उद्योगलगायत क्षेत्रमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण