असार ४, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभ"/>
2026-07-09 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग

असार ४, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारन्टिनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गर्नुभयो । 

सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गर्नुभयो । 

सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गर्नुभयो । 

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्नुभयो 

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

सांसद डा दीपकप्रकाश भट्टले देशव्यापी रुपमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले कोरोना परीक्षणको दायरा बढाउन माग गर्नुभयो । 

सांसद नारदमुनी रानाले सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद डिला सङ्ग्रौलाले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको घटना सेलाउन नपाउँदै खरिपाटी क्वारेन्टिनमा भएको घोटालाका बारेमा जानकारी दिन माग गर्नुभयो । 

सांसद प्रमिला राईले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता छानबिन गर्न माग गर्नुभयो ।  

सांसद प्रभु साहले नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा थन्किनु पर्ने कारण के हो भनी प्रश्न गर्नुभयो ।

सांसद दलबहादुर रानाले यात्रा अनुमतिका लागि पास वितरण गर्दा अनियमिता भइरहेको गुनासो गर्नुभयो । 

सांसद दामोदर भण्डारीले परीक्षण किटको अभावले प्रदेश नं २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रभावित भएकाले तत्काल किटलगायत आवश्यक सामग्री उपलब्ध गराउन माग गर्नुभयो । 

सांसद दीलेन्द्रप्रसाद बडुले मुलुकमा कानुनी शासनको प्रत्याभूति हुन नसकेको भन्दै सत्तारुढ दलका नेताको दबाबमा काँग्रेस कार्यकर्तामाथि धरपकड भइरहेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद देवप्रसाद गुरुङले राष्ट्रियताको सन्दर्भमा दलहरुबीच अभूतपूर्व एकता पैदा भएकामा चीन र भारतबीचको विवाद अन्त्य गर्न कूटनीतिक पहल थाल्न आग्रह गर्न आग्रह गर्नुभयो । 

सांसद दुर्गाबहादुर राउतले बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपणको काम अलपत्र परेको भन्दै शान्तिप्रक्रियाका बाँकी काम टुङ्गो लगाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले क्वारेन्टिनमा राखिनेको पीसीआर परीक्षण नभएको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप आवश्यक स्वास्थ्य मापदण्ड नअपनाइको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बालकृष्ण खाँडले कोभिडका कारण अन्य क्षेत्रजस्तै हवाई उद्योगलगायत क्षेत्रमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो