२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसी परियोजना गुमे देशको आर्थिक विकासमा असर

२०७७, ४ असार बिहीबार १५:०१

असार ४, काठमाडौँ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल सो परियोजना सङ्घीय संसद्बाट अनुमोदन हुनुपर्नेमा जोड दिएको छ ।

सो पार्टीका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी देशको हित र आर्थिक प्रगतिको पक्षमा रहेको भन्दै यो परियोजना गुमे मुलुकको आर्थिक विकासमा असर पुग्ने बताउनुभयो ।

प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा सांसद कार्कीले एमसीसी परियोजना देशको तीब्र विकास र गरिबी निवारणमा केन्द्रित रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री समेत रहेका सांसद कार्कीले एमसीसी सम्झौताले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग पाउने भएकाले यो परियोजना मार्फत ऊर्जा र सडक निर्माणको क्षेत्रमा खर्च गर्नसकिने बताउनुभयो । उहाँले एमसीसी परियोजना सफल भए देश विकासमा कोषेढुङ्गासावित हुने भन्दै सम्झौता पारदर्शी र राष्ट्रहितको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

विश्वका ५० भन्दा बढी मुलुकले एमसीसीको सहयोग लिएर आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै उहाँले जलविद्युत् क्षेत्रका लागि यसले ठूलो गेम चेन्जरको भूमिका खेल्नसक्ने विश्वास व्यक्त गर्नुभयो । सांसद कार्कीले एमसीसी परियोजना संसदीय प्रक्रियाबाट आएको राष्ट्रहितको सम्झौतालाई राष्ट्रघाती भनेर विरोध गर्नुले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउनुका साथै अन्तर्राष्ट्रिय छबि धमिलिने खतरा औँल्याउनुभयो ।

एमसीसी परियोजना सन् २०१७ सेप्टेम्बर १४ मा नेपाल सरकार र अमेरिकी सरकारका अधिकारीबीच सम्झौता भएको थियो । एमसीसी सम्झौता गुमे नेपाललाई आर्थिक क्षतिका साथै अन्तर्राष्ट्रिय विश्वास घट्ने सांसद कार्कीको भनाइ थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हितबहादुर तामाङले एमसीसी आफैँमा विवादित परियोजना भएको र अहिले छलफलमै रहेकाले विवाद नटुङिगएसम्म संसद्मा विषय वस्तु नबनाउन ध्यानाकर्षण गराउनुभयो । उहाँले दुई ठूला छिमेकी मुलुक भारत र चीनबीचको सीमा द्वन्द्वका बारेमा गम्भीरता जनाउँदै अहिलेकै अवस्थामा राजधानीका कतिपय स्थानमा हतियारधारी धार्मिक समूह फेला परेको घटनाका बारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यता नेकपाकै सांसद रेखा शर्माले एमसीसीबारे अनावश्यक बहस चुलिएको भन्दै यो परियोजनालाई देशको स्वाधिनता र समृद्धिको पक्षमा कसरी लैजाने भन्नेबारे सबै एकमत भएर सदनमा बहस हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसीसीको पक्ष र विपक्षमा विवाद निकालेर जनतालाई भ्रमित गर्ने काम नगर्न समेत सबैमा आग्रह गर्नुभयो ।

सांसद शर्माले देशभरका क्वारेन्टिन अस्तव्यस्त भएकाले सोको व्यवस्थापन गरी कोभिड परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रदेश नं. ५ का विभिन्न जिल्लामा कोभिड सङ्क्रमणका बिरामी बढेका भन्दै पीसीआर मेसिन व्यवस्था गर्न आग्रह गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी नेपालको हितमा नभएको भन्दै खारेज गर्न माग गर्नुभयो ।

नेकपाका खगराज अधिकारीले क्वारेन्टिनमा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिन र थप व्यवस्थित बनाउन माग गर्नुभयो । उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा सरकारको प्रयासलाई चौतर्फी आक्रमण गरिएको र अन्य विषय चर्काएर राम्रा कामलाई समेत ओझेलमा पार्न खोजिएकामा आपत्ति जनाउँदै यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गर्नुभयो ।

सांसद अधिकारीले चीन र भारतबीचको सीमा द्वन्द्वलाई नेपाल छिमेकी मुलुक मात्र नभई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष मुलुकसमेत भएका नाताले सर्वपक्षीय भूमिकाका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले कैलालीको बलात्कार घटना निन्दनीय भएकाले त्यसका दोषीलाई कडा कारवाही गर्न सरकार समक्ष माग गर्नुभयो । उहाँले ‘क्वारेन्टिनभित्रै महिला असुरक्षित हुन्छन भने आम महिला कहाँ सुरक्षित हुन्छन्’ भनी प्रश्न गर्दै उक्त घटनाका दोषीलाई कारवाही गरी पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद चौधरीले नागरिकता विधेयक लामोसमयसम्म संसदीय समितिमा अड्किनु विडम्बना भएको बताउँदै बिहे गरेर आएकी विदेशी महिलाको हकमा सात वर्षसम्म नागरिकताबाट वञ्चित हुने व्यवस्था गलत रहेको तर्क गर्नुभयो । सांसद चौधरी बोलिरहँदा नेकपाका सांसद झपटबहादुर रावलले नागरिकताको विषय संसदीय समितिबाट टुङ्गो लागिनसकेकाले संसद्मा विषयवस्तु बनाइएको भन्दै यसले संसदीय समितिको क्षेत्राधिकार हनन् भएको भनी नियमापत्ति गर्नुभयो ।

नेकपाका बृजेषकुमार गुप्ताले तराईलगायत भू–भागमा धान रोपाइँ शुरु भएको अवस्थामा किसानले मलखादजस्ता समस्या झेलिरहेकाले उनीहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका झपटबहादुर रावलले कैलाली घटनाका दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो ।

काँग्रेसका सांसद पुष्पा भुसालले कैलाली घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा