१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्देशिकामा तोकिएका व्यक्तिको पीसीआर गर्न मन्त्रालयको आग्रह

५ असार २०७७, शुक्रबार १६:१२

असार ५, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९)को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न गराउन आग्रह गर्नुभएको हो । 

“कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना सङ्कलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना सङ्कलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ”, उहाँले भन्नुभयो, “यसरी नमूना सङ्कलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ ।” 

निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण