२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्देशिकामा तोकिएका व्यक्तिको पीसीआर गर्न मन्त्रालयको आग्रह

२०७७, ५ असार शुक्रबार १६:१२

असार ५, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिकामा तोकिएका व्यक्तिको मात्र कोरोना भाइरस (कोभिड–१९)को पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै निर्देशिका विपरीत कतिपय निकायले पीसीआर परीक्षण गर्न दबाब दिएकाले त्यसो नगरी निर्देशिकामा तोकिए बमोजिमका व्यक्तिको नमूनामात्र सङ्कलन गरी परीक्षण गर्न गराउन आग्रह गर्नुभएको हो । 

“कतिपय निकाय तथा व्यक्तिले कोभिड–१९ को नमूना सङ्कलन गर्दा निर्देशिकाभन्दा फरक तरिकाले नमूना सङ्कलन गर्ने गरेको तथा परीक्षण गर्नका लागि दबाब दिने गरिएको बुझिन आएको छ”, उहाँले भन्नुभयो, “यसरी नमूना सङ्कलन गर्नाले स्रोत साधनको दुरुपयोग हुने र परीक्षणका लागि आवश्यक व्यक्तिको परीक्षण समयमा हुन नपाउने र अन्य समस्या सिर्जना हुन सक्दछ ।” 

निर्देशिका विपरीत आएका नमूना परीक्षण नगरिदिनसमेत सबैलाई उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्म एक लाख ६१ हजार ७४९ जनाको र विगत २४ घण्टामा छ हजार २३१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु