२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहजिल्ला आएसँगै सांसद किराँती क्वारेन्टिनमा

८ असार २०७७, सोमबार ०३:४२

असार ८, भोजपुर | भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बस्नुभएको छ । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नुभएको हो । 

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु ।” मानिसमा पहँुचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्नेसमेत किराँतीले बताउनुभयो ।

“हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु”, सांसद किराँतीले भन्नुभयो ।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताउनुभयो । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्नेसमेत किराँतीको भनाइ छ । सांसद किराँतीले भन्नुभयो, “काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टिनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ ।”

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला आउनुभएको हो । निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उहाँको भनाइ छ । क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उहाँले जानकारी दिनुभयो । 

'तल्लोस्तरका मानिसलाई मात्र क्वारेन्टिनमा बस्न बाध्य पारिन्छ भन्ने खालको स्थानीयवासीबाट गुनासो आउने गरेको छ, तर म आफैँ क्वारेन्टिनमा बसेपछि अहिले जनतामा पनि सकारात्मक धारणाको विकास भएको छ, सबै उच्च तहका मानिसले सरकारको नियमलाई पालना गर्दै कोरोनाको विषयमा सजग रहने खालका सन्देश प्रवाह गर्नसके स्थानीयवासीमा भएको कोरोना त्रास कम हुने थियो, यसले एक प्रकारको औषधि कै काम गर्न सक्छ, स्थानीयवासीलाई अहिले कोरोनासँग लड्न हौसलाको पनि खाँचो छ”, सांसद किराँतीले भन्नुभयो ।

विभिन्न ठाउँँबाट जिल्ला प्रवेश गर्नेको सङ्ख्या वृद्धि भइरहँदा पँहुच र शक्तिको आडमा क्वारेन्टिनमा नबस्ने धेरै छन् तर सांसद नै सरकारले जारी गरेको प्रावधानलाई पालना गर्दै क्वारेन्टिनमा बसेपछि स्थानीयवासी खुसी भएका छन् । यसले अन्य मानिसमा समेत सकारात्मक सन्देश जाने स्थानीयवासीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने